टर्कीए भूकम्प: मृत्यु हुनेको संख्या २० हजार माथि

काठमाडौं। टर्कीए र सिरियामा गएको ७।८ रेक्टर स्केलको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय नाघेको छ। कयौं मानिसहरु बेपत्ता छन् भने हजारौं भवनहरु भत्किएका छन् ।
उद्धारकर्ताहरूले बाँचेकाहरुको खोजी गर्ने क्रममा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। टर्कीमा कम्तीमा २,९२१ जनाको मृत्यु भएको पुष्टि भएको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरण ९एएफएडी० ले बताएको छ भने सिरियामा १,४४४ जनाको मृत्यु भएको दमास्कस सरकार र उद्धारकर्मीहरूको तथ्याङ्कले देखाएको छ।

भूकम्पमा परी हजारौं घाइते भएका छन्, मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। दर्जनौं राष्ट्रहरूले सहायताको वाचा गरेका छन् । मानिसहरु सुतिरहेको र चिसो मौसमले आपतकालीन प्रयासहरूलाई बाधा पुर्‍याएको छ।

टर्कीले विनाशकारी भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिँदै मंगलबार भूकम्प प्रभावित क्षेत्रमा करिब १३ हजार उद्धारकर्मी खटाएको छ। इस्तानबुलका गभर्नर अली येर्लिकायाले कर्मचारी र स्वयंसेवकहरू सम्मिलित टोलीलाई विशेष गरी हाते प्रान्तमा पठाइएको बताएका छन्। ७.८ म्याग्निच्युडको भूकम्पपछि हाते विमानस्थलको धावनमार्ग दुई भागमा विभाजित भएको छ।

संयुक्त राज्य भूगर्भ सर्वेक्षणले भूकम्प प्रभावित दक्षिणी टर्कीमा ४।० वा सोभन्दा माथिका कम्तीमा १०० वटा पराकम्पन गएको जनाएको छ। अष्ट्रेलियाले मंगलबार भूकम्प प्रभावित टर्की र सिरियाका लागि प्रारम्भिक रुपमा एक करोड अष्ट्रेलियन डलर करिब ७० लाख अमेरिकी डलर दिने वाचा गरेको छ।भारतले सोमबार राति दुई भारतीय विपद् राहत टोलीमध्ये पहिलो टोली त्यहाँ पठाएको छ।

कम्तिमा एक शताब्दीमा गएको यस क्षेत्रको सबैभन्दा शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या २०,००० भन्दा बढी हुन सक्ने राष्ट्रसंघले जनाएको छ । विश्व स्वास्थ्य संगठनका युरोपका लागि वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले यस्तो बताएका हुन् । इरान र इराकले पनि सिरियामा सहायता सामग्री बोकेका विमानहरू पठाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार