पोखरा । पोखरामा आगोले जलेर दुई जना घाईते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं। १३ की संगीता सापकोटा र संगीताको घरको डेरामा बस्दै आएका ४३ वर्षका कृष्णबहादुर क्षेत्री रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु दुवैको अवस्था गम्भीर रहेको छ ।
छिमेकीका अनुसार कृष्णबहादुरले वाथरुममा पसेर आफ्नै शरीरमा आफैले पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगो निभाउने क्रममा संगीता पनि जल्न पुगेको एक छिमेकीले बताए । उनीहरुलाई छिमेकीले नै तत्कालै उद्धार गरी अस्पताल पुर्याएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार कृष्णबहादुरको शरीर २५ प्रतिशत र संगीताको शरीर ७५ प्रतिशत जलको छ । कृष्णबहादुरले आफूले नै आगो लगाएको बताएको अस्पताल श्रोत बताउँछ । कृष्णबहादुरले आत्मदाह प्रयास गरेको हो वा होइन भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।