एनआइसी एसिया बैंकको अतिचार: लालपुर्जा एउटा नाममा, क्षेत्रफल अर्कै व्यक्तिको

बुटवल। एनआइसी एसिया बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय बुटवलको जानकीनगरमा रहेको कार्यालय बुधवार तनावग्रस्त बन्यो । बैंकबाट पीडित बनेका पक्षहरुले मूल गेटमा तालाबन्दी गरे। कारण थियो, बैंकले गैर वैकिङ सम्पत्ति विक्री गर्ने क्रममा २०७८/ माघ ४ गते
प्रकाशित नयाँपत्रिका दैनिकमा ७ दिने लिलामी सुचना जारी गरेर विक्रि गरिएको घर/ जग्गा बैंकले आफ्नो नाममा रहेको भनि विक्री गरेकोमा तर अन्य व्यक्तिको ठहर भएपछि विवाद उत्पन्न भएको हो ।

बैंकले प्रकाशित गरेको सुचनामा साविक बुटवल नगरपालिका वडा-९ ङ, हाल बुटवल उपमहानगरपालिका-११ स्थित रहेको कित्ता न.३९५, देवदह नगरपालिका-९ केरवानी स्थित कित्ता न.७३७ र सैनामैना नगरपालिका-१ दुधराक्ष स्थित कित्ता न.८५६ को जग्गालाई बुटवल उपमहानगरपालिका- ३ का राम प्रसाद पोख्रेलले किने । उनले बैंक संग ९३ लाख ५० हजार रुपैयाँमा किने र जग्गा रजिस्ट्रेशन शुल्क ४ लाख हजार अन्य विविध खर्च ५ हजार समेत लगानीमा खरिद गरेको पीडित राम प्रसाद पोख्रेलले वताए ।

बैंकले मालपोत कार्यलय बुटवलमा २०७८ चैत्र ८ गते पोख्रेललाई पास गरिदिएको पाईएको छ । कित्ता न. ३९५ को ०-०-५ मा बनेको घर समेतको ७० लाख र दुधराक्षमा भएको कित्ता न.७३७ समेतको गरि ९३ लाख ५० हजार कायम गरि बिक्री गरेको पाईएको छ । “पिडित राम प्रसाद भन्छन्, कित्ता न.३९५ को घरजग्गा भोगचलन गर्न गएका वेला संधियारले विवाद गरेकाले नापी कार्यालय तथा बुटवल उपमहानगरपालिकाका प्राविधिक समेतवाट नक्सा अनुसारको घरजग्गा र क्षेत्रफलको तथ्य जाँच गर्नका लागि २०७९ असार १३ गते प्राविधिक बोलाएर जग्गाको क्षेत्रफलाई नियाल्दा उक्त घरजग्गा भनि विक्रि गर्ने क्रममा देखाईएको राजीनामा उल्लेखित घर अन्य व्यक्तिका अरु कित्ताहरुमा रहेको पुष्टि भएपछि मलाई विश्वासमा पारी बैंकबाट विक्री गरिएको घरजग्गाको राजीनामा कै अनुसूचि १३ को व्यहोरा बमोजिम बैंकको सम्पत्ति भएको र सो अनुसूचिको व्यहोरा अनुसार फर्जी भएकाले खरिद गर्दाको सम्पूर्ण रकम फिर्ता पाउँ भनि मणिग्राम शाका मार्फत् प्रधान कार्यालय काठमाण्डौंमा निवेदन गरे तर न्यान पाएन” । न्याय पाउनुको साटो बैंक गल्ती स्विकार गर्न आनाकानी गर्दै टार्न खोजेपछि बुधवार लुम्बिनी प्रदेश कार्यालय बुटवलको जानकीनगरमा पीडित पक्षले तालाबन्दी गरेर विरोध जनाए ।

पीडित पक्षहरुले बैंकले बेचेको सम्पत्ति लालपुर्जामा एउटा र क्षेत्रफलमा अर्कैको नाममा रहेको भेटिपछि आफूहरुलाई झुक्काएर ठगि गर्ने नियतले फसाउन थालेको र बैंकलाई उक्त समस्या समाधान गराउनका लागि आग्रह गर्दा कुनै वास्ता नगरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको पीडित राम प्रसाद पोख्रेलका भतिज निरञ्जन पोख्रेलले वताए ।

विहिबार नापी कार्यालय बुटवल पुगेका दुबै पक्षलाई नापी कार्यालयले बैंकले बिक्री गरेको जग्गामा बैंकको गल्ती भएको वताईएपछि सो बैंकको कर्तुतलाई लुकाएर बचाउ गरी आलटाल गरेर टार्ने उद्देश्यले एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय काठमाडौंबाट आएका हौं भन्ने तर परिचय दिन नमान्ने शंकास्पद कार्य देखाउँदै पीडित पक्षलाई सडकमा रोकेपछि ती दुईजना सुमित गिरी, ज्ञानेन्द्र पौडेल र प्रदेश कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीको क्रियाकलापले पीडित पक्ष आक्रोशित हुन पुगेका थिए।

आक्रोशित पिडित पक्षले उनिहरुलाई बुटवल नापी कार्यालय अगाडिबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । जहाँ केहिवेर तनाब स्थिति समेत भएपछि वडा प्रहरी कार्यालय रामनगरले सुरक्षा दिदै जिल्ला प्रहरी कार्यालय भैरहवामा पुर्याएको थियो ।

एनआईसी एसिया बैंकले आफ्नो नाममा छ भनेर व्यक्तिलाई बेचेको र बैंकले सो जग्गामा घर पनि छ भनेर बेचेको भएपनि हाल कित्तामा त्यसो नभएको विभिन्न कागजातवाट पुष्टि भएपछि एनआईसी एसिया बैंकको लुम्बिनी प्रदेश कार्यालयको कार्यप्रति शंका पैदा उब्जिएको छ ।
बैंकका कर्मचारीहरुलाई भित्रै राखेर गरिएको कार्यालयको तालाबन्दी खोल्न पुगेको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले गेटको चावी खोल्न उर्दी गर्दै अन्यथा नखोले मानव बन्धक मुद्धा चलाउने पीडित पक्षलाई धम्की दिएका थिए । जुन निरिक्षक थापा बोलेको कैद गरिएको भिडियो सुरक्षित छ । सो क्रममा पीडितका आफन्त निरञ्जन पोख्रेलले प्रहरीले सुरक्षा दिने हो, पीडितलाई धम्काउने होईन, भन्दै प्रहरी निरक्षक थापालाई के हामीलाई बैंकले गरेको ठगिको समस्या तपाईले मिलाई दिनुहुन्छ ? भनि प्रश्न गर्दै बैंकलाई ध्यानाकर्षण बनाउनका लागि शान्तिपूर्ण तालाबन्दी गरेकाले जबर्जस्त हस्तक्षेपको भाषा नबोल्न सुझाएका थिए ।

बोल्नै चाहेनन् बैंकका प्रमुख तिलक सुन्दर कार्की
बैंकबाट ठगिएका राम प्रसाद पोख्रेल र प्रमुख कार्की नजिकैका छिमेकी भएको पाईएको छ । छिमेकीको नातामा जोडिएका पीडित पक्षलाई न्याय दिने पक्षमा बैंकका प्रमुख कार्कीको सहजीकरण चित्त बुझ्दो देखिएको थिएन । जसले गर्दा पीडित पक्षको आरोप होकी बैंकले बदमासी गरेको हो भन्ने जिज्ञासा राख्द कोरोना खबरकर्मी संग जंगिदै सुचना अधिकारीलाई सोध्न जवाफ दिएका थिए ।

बैंकले गल्ती स्वीकार्दै रकम फिर्ता दिने सहमति
विवादपछि उत्पन्न परिस्थितिले जिल्ला प्रहरी कार्यालय भैरहवा पुगेको पीडित पक्ष र बैंकका प्रतिनिधि बिच छलफल गराउँदा बैंकले आफ्नो गल्ती स्वीकार्दै ०७९ माघ ११ गतेदेखि लागू हुनेगरी ४५ दिनभित्र पिडितलाई पैसा फिर्ता गर्ने गरि प्रहरीको रोहवरमा बैंकको कागजमा लिखित सहमति भएको पीडित पक्षका छाँया पोख्रेलले जनाए । यसैबिच बैंकले अन्य सर्वसाधारणलाई पनि पिडित बनाएको विरोध भेलामा अर्का एक पीडित पनि आएका थिए । बुटवलका आदर्श भट्टराई बुटवल तामनगर, सेमलारमा ८० लाखमा लिलाममा घरजग्गा सखारे पनि २ बर्ष हुँदासम्म न घर, न रकम नपाएको गुनासो पोखे । गलत तरिकाले धितो मुल्यांकन गर्ने र नाप नक्सा प्रमाणिकरणमा व्यवास्ता गर्दै ऋण उपलब्ध गराउँदै आएकाले यस्तो समस्या आएको पिडितहरुको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार