बुटवल ६ लेन सडक डायरीः म्याद थप्दै, समय गुजार्दै

बुटवल । यसपालीको माघ महिनाको कठ्यांग्रिदो चिसो पनि जानै लाग्यो । यस्ता माघ महिनाको चिसोलाई बुटवलको राजमार्ग चौराह–चिडियाखोला अलपत्र ६ लेन सडकको चियोचर्चाेले यसपाली पनि गरमागरम बनायो । जहाँ, चिया चौतारीमा समेत ६ लेनकै चर्चा चुलिदै आएको छ ।

जसले गर्दा अहिले आमनागरिकहरुले निर्माण गर्न ठेक्का लिएको कम्पनीले ६ लेन सडकको पटकपटक बलात्कार गरेको तर, प्रगतिमा भने कुनै चमत्कार नल्याएको गुनासो गर्न थालेका छन् । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–बेलहिया सडक वनाउन ठेक्का लिएको निर्माण कम्पनीले राजमार्ग चौराह देखि बेलहियासम्म चारलेन सडक बनाएकोमा त्यसमध्ये केहि ठाउँमा सर्भिस लेनको काम अझै बाँकी हुँदा यता चौराह–चिडिया खोलासम्म ६ लेन सडक बनाउने काम विगतदेखि अलपत्र पर्दै आएको छ । सडक किनारमा कतै नाली बनाईपनि पूरा नगरेकाले माथिबाट ठक्कन नराखेको हुँदा ठूला खाडल बनाएर छाड्दा व्यापारीक पसलहरु प्रभावित बनेका छन्, भने चौपाय र मानिसहरु खाडलमा खसेर घटना घट्न सक्ने खतरा बढेको छ ।

ठेक्का लिएर सडक निर्माणकार्य फत्ते गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनी “द कञ्चनजंघा जेवी विरुवा”ले २ पटकसम्म म्याद थपिसकेको छ । दोस्रो पटक थपिएको म्याद गत असार समान्तमा सकिएको छ । तेस्रो पटक म्याद थप्न कुटनितिक चाल चालेको निर्माण कम्पनीलाई म्याद थप्न गत असार १९ गते आएको १२ औं खरिद ऐन संशोधनले म्याद थप्न मौका मिल्यो । यता सडक डिभिजन बुटवलले ठेक्का रद्ध किन नगर्ने ? भनि सुचना प्रकाशित गर्दै लिखित जवाफ मागेपछि निर्माण कम्पनी अत्तालिएको थियो । अन्ततः नयाँ खरिद ऐनमा टेकेर २०७९ भदौ ६ गते तेस्रो पटक पनि म्याद थपेको पाईएको छ ।

६ वर्षमा करिव ४० प्रतिशतसम्म पनि काम सम्पन्न हुन सकेको छैन् “द कञ्चनजंघा जेवी विरुवा” निर्माण कम्पनीले साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा सडकको अवस्था घाममा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गर्दछ ।

निर्माण कम्पनीले तेस्रो पटकको म्याद थप गरेपछि हामीले थपिएको म्यादभित्र कामलाई सम्पन्न गराउनका लागि ठेकेदार पक्षलाई कडाई गरेको र पछिल्लो समय सरकारले अवैध रुपमा चल्दै आएका क्रसर उद्योगहरुलाई कानुनको पालना गरी सञ्चालन गर्नका निम्ति बन्द गर्न सुचना जारी गरेपछि अहिले कुनैपनि क्रसरहरुले नदिजन्य पदार्थ बिक्रि नगरेकाले काम हुन सकेको छैन् । पहिले निर्माण कम्पनीका प्रतिनिधि सुवित श्रेष्ठ आएपनि अहिले कम्पनीका अर्का प्रतिनिधि पेम्वा लामा आएको सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी महेश्वर लम्सालले वताए । लम्सालले भने, कार्यालयले कडाई गरेपछि पछिल्लो समय लामाले काम गर्ने इच्छा देखाएका वेला नदिजन्य पदार्थले गर्दा काम प्रभावित वनेको जनाए । संशोधन गरी आएको नियमले निर्माण कम्पनीलाई तेस्रो पटकको म्यमद थप्न सुत्र बनेको र अन्यथा उक्त ऐन नआएको नभए कम्पनी कारबाहीमा प¥थ्यो–अधिकारी लम्सालले उल्लेख गरे । उनका अनुसार तेस्रो म्यादको भाका २०८० असार मसान्तसम्म थपिएको वताईएको छ ।

०७९ साउन २३ गते बुटवल उपमहानगरपालिकामा भएको सर्वपक्षीय भेलामा निर्माण कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि सुवित श्रेष्ठले ठेक्का अवधि थप गर्ने दाँउमा आफुलाई एकपटक महिना दिन समय दिन माग गर्दै ३० दिनभित्र काम गर्ने प्रतिवद्धता भाषणमा मात्रै सिमित हुन पुग्यो । यता सडक विस्तारको काम पूरा नहुँदै बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय सडक डिभिजन बुटवललाई अधिकार सुम्पिदै खारेज भईसकेको छ । बुटवलदेखि बेलहियासम्म ६ लेन सडक विस्तार गर्ने गरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना गरिएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहियासम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक २ वर्षदेखि अलपत्र पार्दै आएको छ ।

सोही निर्माण कम्पनीले बेलहियास्थित सडक पनि ७ सय मिटर अलपत्र पारेको छ । सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम झन सुन्य बनेको छ । गत बैशाखमा भएको स्थानिय निकायको निर्वाचन पश्चात् भएको चौतर्फी दबाबलाई थेग्न नसकेर काम गरेजस्तो देखाएको निर्माण कम्पनीले बुटवलको अस्पताल लाइनदेखि ट्राफिक चोकसम्म करिब ५ सय मिटर बिग्रिएको सडक कालोपत्र गरेको छ । जम्मा १० सेन्टिमिटर कालोपत्रे गर्नुपर्ने सम्झौतामा हाल निर्माण कम्पनीले ६ सेन्टिमिटरको मात्रै कालोपत्रे विग्रिएको ठाउँमा गरेको सडक डिभिजन बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार