माओवादी जनयुद्धः कमाण्डर देखि सभामुखसम्म ‘बसन्त’

बुटवल। लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध रुपमा निर्वाचित तुलाराम घर्ति९बसन्त० माओवादी जनयुद्धका कमाण्डर हुन् । २०२५ साल साउन ५ गते रोल्पाको रोल्पा नगरपािलका ३ मा जन्मिएका घर्ति २०४२ मा सपरिवार बसाइसराई गरी साविक कपिलबस्तुको शिवगढी हालको शिवराज नगरपालिका–९ मा बसाईसरी आएका थिए ।

त्यसपछि २०६८ सालदेखि उनीको परिवार त्यँहाबाट पनि बसाइ सरेर अहिले पाल्पाको तिनाउ गाउँपालिका–३ मा बसोबास गर्दै आएका छन् । सानैदेखि राजनीतिमा रुचि राख्ने घर्ति २०४७ सालमा नेकपा मशासलबाट औपचारिक रुपमा राजनीति सुरु गरे । घर्ति २०४८ मा नेकपा मशालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव भए ।

२०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ति २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भए । २०५३ सालको माघमा भुमिगत बनेका घर्ति २०६२ सालसम्म भूमिगत अवस्थामा नै रहे । २०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ति २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष भए ।

यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पापा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरे । साथै २०६२ मा जनआन्दोलन दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ति २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बनेका थिए । २०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रिय महासचिब भएका घर्ति २०७० सालमा मगर संघको केन्द्रिय उपाध्यक्ष बने । २०७० सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बनेका घर्ती २०७४ साल प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २९ख० बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भए ।

घर्ती २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि केन्द्रिय सदस्य बनेका थिए । नेकपा विभाजन पछि घर्ति नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेत बन्ने अवसर पाए । यस्तै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ति पोलिटव्युरो सदस्यमा चयन भए । घर्ती पाल्पाका माओवादी इन्चार्ज समेत हुन् ।

यस्तै २०७९ सालमा भएको प्रदेशसभाको निर्वाचनमा घर्ति पुनः पाल्पा २९ख० बाट लुम्बिनी प्रदेशसभामा निर्वाचत भए । सत्तागठबन्धनको भागबन्डा अनुसार लुम्बिनी प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति भएको थियो । सभामुखमा माओवादीका तुलाराम घर्तिको उम्मेदवारी परेपछी उनी उनी निर्विरोध रुपमा निर्वाचित भए । एसएलसीसम्म अध्ययन गरेका सभामुख घर्तिले राजनीतिमा लाग्नु भन्दा अघि घर्तिले केही समय अध्यापन समेत गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार