काठमाडौँ। बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडौँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन्।
बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश सुनाएको थियो। लामिछानेको शुक्रवार नै स्वास्थ्य अवस्था परीक्षण गरिएको थियो।