कृष्णनगरमा पनि मनाईयो पृथ्वी जयन्ती

रवि प्रकाश कसौधन
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईएको छ । कृष्णनगर बजारको गोलघरमा एक कार्यक्रमको आयोजना गरी नेपालको एकीकरण गर्ने महान राजाको रुपमा परिचित राजा शाहको जन्मजयन्ती अवसरको अवसरमा एकता दिवस समेत मनाइएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रमको आयोजक रहेको थियो । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुका अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले राष्ट्रिय एकताको अवसरमा पृथ्वीनारायण शाहले नेपाल एकिकरणमा रहेको योगदानको चर्चा गरेका थिए । जुन कुरा कहिल्यै भुल्न नसकिने भन्दै वक्ताहरुले राष्ट्रको सार्बभौमसत्ताको संरक्षणमा आम नेपाली नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश नेताहरुले राज संस्था सहितको हिन्दु राष्ट्र आजको आवश्यक्ता रहेको राप्रपा कृष्णनगर नगर अध्यक्ष जयप्रकाश गुप्ताले बताए।

उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य
पुष्पा रजौरिया, अजय थापा, प्रमोद मिश्र, कनिज फातिमा, इदरीस मुसलमान, राजेन्द्र अधिकारी, जानकी यादव र कृष्ण पौडेल लगायत नेकपा एमालेका केन्द्रीय सदस्य सुशिल कुमार श्रीवास्तव, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता लगायत उपस्थित थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार