बुटवलका चार लायन्स क्लवले पृथ्वी जयन्ती मनाए

रुपन्देही । बुटवलका चारवटा लायन्स क्लवहरुले नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्टिय एकता दिवस मनाएका छन् । क्वलहरुले बुटवलको नयाँ बसपार्क स्थित पुर्वपश्चिम राजमार्गमा एक कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन गरी मनाएका हुन् । बाईसे, तेईसे राज्यहरुलाई एकिकरण गरी सिंगो नेपाल बनाउन निकै चुनौतीपूर्ण अमुल्य योगदान समर्पण गरेको भन्दै पृथ्वी जयन्तीका अवसरमा गरिएको दीप प्रज्वलन कार्यक्रममा स्व.राजा शाहप्रति श्रद्धाभाव अर्पण गरेका थिए ।

लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा गरिएको पृथ्वी जयन्तीका कार्यक्रममा लायन्स क्लव अफ बुटवल गोल्डेन जुवली, लियो क्वल अफ बुटवल मणिमुकुन्द युथ र लियो क्वल अफ बुटवल गोल्डेन जुब्ली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा पृथ्वीनारायणको शालिकमा लायन्स क्वल डिष्टिक ३२५ पि एरिया फोरका को चिफ भुपेन्द्र बहादुर थापा (क्षेत्री), लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष दिपक गौतम, लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष आवेश पौडेल, लियो क्वल अफ बुटवल मणिमुकुन्द युथका अध्यक्षका अमृत वस्याल, लियो क्वल अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष अशोक कुँवर लगायतले माल्यार्पण गरेका थिए ।

प्रत्येक वर्ष पुस २७ गते मनाईने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी बुधवार देशभर मनाईएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले केहिबर्ष यता राजा शाहको जन्मजयन्ती कटौती गरेको र पछिल्लो समय परिवर्तित राजनितिक घटनाक्रमले पुनः जन्मजयन्ती मनाउने गरेको निर्णयलाई स्वागत गर्दै, नेपालको सार्वभौम संरक्षणमा अतुलनिय योगदानको प्रसंशा गरेका थिए । प्रज्वलन कार्यक्रममा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ क्लवका संस्थापक अध्यक्ष कमल थापा क्षत्री, लक्ष्मण कुँवर, अनिल शाह, दिपक अर्याल, प्रमिश भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार