हिन्दू बिद्यापीठ नेपाल घोराही दाङले मनायो पृथ्वीजयन्ती

बुटवल। हिन्दू बिद्यापीठ नेपाल घोराही दाङले पृथ्वीनारायण शाहको १०३ औ जन्मजयन्ती तथा समर्पण दिवश मनाएको छ । कार्यक्रमका सहभागीले नेपालका निर्माता पृथ्वीनारायणलाई सबैले सम्झनुपर्ने बताएका छन् ।

पृथ्वीनारायण शाहलाई अहिले राज्यले समेत सम्मान गरेको बक्ताहरुको भनाइ रहेको छ । बिद्यालयका प्राचार्य डा. भोलानाथ योगिको सभापतित्व तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य राम दयाल गुप्ताको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले शाहको बारेमा चित्रकला प्रदर्शन र कबिता बाचन गरेका थिए । उत्कृष्ट चित्रकला बनाउने बालबालिकालाई पुरुस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका सह प्राचार्य मधुसुदुन पन्त, समाजसेबी अशोक लोहनी, पत्रकार गोबिन्द खडका शिक्षक सागर दाहाल, शोभा पोख्रेल लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक पिताम्बर रिजालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार