श्रीमान् आउने आशमा संघर्ष संग जीवन साटेकी सावित्रा !

बुटवल । बुटवल उपमहानगरपालिका वडा न- १२ नयाँगाउकी सावित्रा न्यौपाने रुपन्देहीका आधा दर्जन सङ्घ संस्था आबद्ध छिन् । दैनिक घर परिवार समाल्नेदेखि आधादर्जन संघसंस्थाका प्रत्यक्ष पदाधिकारीमा जोडिएर काम गरेकी न्यौपानेले रुपन्देहीमा सामाजिक अभियन्ता रुपमा परिचय बनाउन सफल भएकी छन् ।

“सानैदेखि समाजसेवा गर्न रुचि राख्ने सावित्राको बाहिर जति सबैको हाईहाई छ । तर, भित्रभने आफ्नै पिडा र संषर्घ खाटा परेको छ ।”गुल्मीको चारपालमा २०४२ मा जन्मिएपनि बसाइसराईसंगै बुवा आमाले रुपन्देहीको सालझन्डीमा ल्याएपछि स्थानीय पशुपति माविमा अध्ययन गरिन्। मावि स्तरको अध्ययन गर्दागर्देै बुटवलको नयाँगाउँका यादव न्यौपानेसंग मागी विवाहमा बाँधिइन ।

यादव र सावित्राकी एकमात्र सन्तान छोरी छन् । छोरीले अहिले बुटवलको एक कलेजमा व्याचलर अध्ययन गर्दै छिन् । उनको एउटा दुखद पक्ष श्रीमान् यादव न्यौपाने बेपत्ता भएको १४ वर्ष भन्दा धेरै भयो । सावित्रा हालसम्म आफ्नो श्रीमान् एकदिन घर आउने आशमा आफ्नो जिन्दगीको संगर्ष साट्दै आएकी छिन् । आँशु र हाँसो संग ।

०६५ सालमा घरबाट पोखरा जान्छु भन्दै निस्केका श्रीमान यादव फर्केर अझै सम्म घर आएका छैनन् । ४ वर्षको छोरीलाई छोडेर श्रीमान् बेपत्ता भएपछि घर परिवारको सम्पूर्ण दायित्व बोध गरेर सावित्राले काम गरेकी छन् । उमेरले ३७ वर्षको भएकी न्यौपानेको सासु ससुरा र छोरीको पालन पोषण गर्नेदेखि पढाई सबै काम उनले गरेकी छन् । वृद्धवृद्धा सासू ससुरालाई तातोचिसो खाना खुवाउने देखी औषधी उपचार सम्पूर्ण ध्यान दिँदै छोराले जस्तै व्यवहार गरेको उल्लेख छ। छोरीलाई राम्रो शिक्षा दीक्षा दिँदा बाबुको माया नपाए पनि आमाले कुनै कमी हुन नदिने गरी व्यवहार गरेकी छन् । उनले छोरीको भविष्यको लागि पनि सर्षघ गर्नु परेको बताउँछिन् ।

त्यसको लागि ७४ वर्षका ससुरा दयाराम ७२ वर्षकी सासू तुलसीलाई स्याहार गरेर बसेकी छन् ।उनीहरू जेठा छोरासँग नवसेर सावित्रासँग नै बसेका छन् । बुहारीको व्यवहारले आफूले सन्तुष्ट रहेको दयारामले बताए । उनले भर्ने छोरा घरमा नभए पनि बुहारीले छोराले जस्तै काम गरेर बसेकी छन् हामी खुसी छौ,।

सासूससुरा खुसी भएपनि सावित्रीलाई भने समाजमा श्रीमान् नभएको महिला भनेपछि परपुरुष संग जोडी हाल्ने मानसिकताले बेला बेलामा पिडा दिने गरेको वताईन । सावित्रा श्रीमान् नहुँदा घर परिवार चलाउनको लागि बेलभरिया किराना पसल, बुटवलमा कस्मेटिक सामानको मार्केटिङ्गदेखी बुटवलको मिलन चोकमा गुगल फुड ल्याड होटल समेत चलाइन् । उनले छोरीको भविश्यलाई केन्द्रित गरेर आर्थिक आय आर्जनको लागि जति सर्षघ गर्नू त्यो भन्दा पिडा समाजमा उनलाई कामको सिलसिलामा कुनै पुरुषसंग कुरा गर्दा लाग्ने आपेक्षले दिने गुनासो गरिन् ।

सायद घरमा श्रीमान् भएको भए पुरुषसंग सही नियत कुरा गर्दा संगै हिँड्दा यस्तो आपेक्ष लगाउने थिइनन् होला तर आफ्ना श्रीमान् बेपत्ता भएपछि अप्ठ्यारो वेलामा साथ दिने भन्दा अनावश्यक लाग्छन् लगाउनेहरू धेरै हुने गरेको अनुभव उनीसंग छ । उनले भनिनन् हाम्रो समाजमा श्रीमान् नभएको महिलालाई हेर्ने दिष्टीकोणमा नै निकै नकारात्मक छ,। त्यो सुधार गर्न जरुरी छ , ।

त्यो त सावित्रा आफै समाज सुधार र महिला हक हितका केन्द्रित वोमर केयर नेपालको केन्द्रीय सदस्य हुन् । उनी लायन्स क्लव
अफ बुटवल क्यापिटलको उपाध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीको सह सचिव,नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि,नेपाल महिला सङ्घ बुटवल १२ को उप सभापति लगायतका जिम्मेवारीमा बसेर काम गरेकी छन् ।

कसरी भयो यादव बेपत्ता ?
यादव दवाईमा केही वर्ष बसेर काम गरेका थिए । घर आएपछि वेलभरीया भन्ने ठाउँमा किराना व्यापार पनि गरेका थिए । पछि किराना व्यापार छाडेर अन्य केही गर्ने मनसायमा थिए ।
२०६५ सालमा घरबाट पोखराजान्छु भन्दै निस्केका थिए । त्यो वेला सावित्रा माईत सालझण्डीमा थिइन् । पोखरामा खोजतलास गर्दा फेला पार्न घर परिवारले सकेको छैन । घरबाट नागरिकता पासपोर्ट तथा अन्य कुनै पनि सामान नलिई हिँडेका यादवको खोजतलासको लागि प्रहरी,तथा पोखराका विभिन्न चोकहरू बेपत्ता यादवको पोस्टर बनाएर टाँस्ने सम्मको काम भयो । तर कतै अत्तोपत्तो छैन । घर परिवार अझै यादव सम्पर्कमा आउने आसमा बसेको छन् । बुवाले दयारामले हालै अर्घाखाँचीको सुपा देउरालीमा छोरा घर आउहोस भनेर भाकल समेत गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार