बुटवल । नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोल्लिटले विहिबार गौतमबुद्धको जन्मभूमि प्रसिद्ध धार्मिक स्थल लुम्बिनी भ्रमण गरेकी छन् ।
लुम्बिनी भ्रमणमा भएकी राजदूत निलोकालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानु राजा शाक्य सहितको टोलीले स्वागत गरेको थियो ।
उक्त अवसरमा राजदूत निलोकाले मायादेवी मन्दिर, शान्ति दीपको अवलोकन गर्दे राजदूतावास र लुम्बिनी विकास कोष बिच सहकार्य गरेर अगाडि बढ्ने विषयमा सकारात्मक रहेको बताईएको छ ।विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण रहेको जनाईएको छ ।
सो अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो ।