भक्तपुर ११ जेठ । नेपाल इन्जिनियरिङ्ग कलेज चाँगुनारायण भक्तपुरका बिद्यार्थी तथा शिक्षक अख्तियार तथा अदालत जाने भएका छन । बिगत चारबर्षको अवधिको कलेजको आम्दानीको खोजी गर्दै कलेजका पाँचजना सञ्चालक शिक्षक तथा विद्यार्थी एवं कर्मचारी कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठलाई कारबाहीको माग सहित आर्थिक हिनामिना गरिएको प्रमाण सहित अख्तियार तथा अदालत जाने भएका हुन ।
विस २०७४ देखि २०७८ सम्म चाँगुनारयण नगरपालिकाका मेयर तथा कलेजको अध्यक्ष सोमप्रसाद मिश्र र कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठले संस्थापक तथा सञ्चालकलाई गुण्डा लगाएर कलेज प्रबेश गर्न नदिई चारबर्ष एकलौटी चलाए ।
कलेजका सातमध्ये पाँच सञ्चालकले २०७४ देखि २०७८ सम्म चारबर्षको अवधिको आय ब्ययको हिसाब देखाउन माग गर्दै अदालत तथा अख्तियार जान लागेको कलेजका एक कर्मचारीले बताएका छन । कर्मचारीले भने, ‘चार बर्षको हिसाब किताब देखाउँदा देखाउँदै पनि अध्यक्ष न्यौपानेमाथि त्यो तहको अनियमितताको ठगी र आरोप लगाएको बताए ।
उनले भने, ‘ब्यवस्थापनले पछिल्लो चार बर्षको अवधिको पनि सोही अनुरुपको हिसाब त देखाउनै पर्यो नी ।’
अध्यक्ष न्यौपानेलाई कलेजको अवस्था र आय त्यो तहको थियो थिएन र अनियमितता भएको हो होइन भनी आँकलन नगरी आरोप लगाइयो । कलेजका कर्मचारीका अनुसार, यसअघि विसं.२०७० देखि २०७४ सम्म अध्यक्ष रहेका लम्बोदर न्यौपानेलाई कलेजका नक्कली प्रमाणपत्रधारी हरिकृष्ण श्रेष्ठ र अध्यक्ष तत्कालीन मेयर सोमप्रसाद मिश्रले ५४ करोड ठगी र ६५ करोड सम्पति सुद्धीकरणमा मुद्धा हालेका छन ।
तर अध्यक्ष न्यौपानेका चारबर्षको कार्यकालमा कलेज चलाउँदा भएको हिसाव विवरण भने यस्तो छ :
- १५ करोड बैक लोन चुक्ता गरेको ।
- चार करोड कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोष दाखिल गरेको ।
- २० करोड कलेजको बैक खातामा बचत रहेको ।
- चार करोड ३२ लाख कर चुक्ता गरेको ।
७० लाखमा लाखमा भूकम्पले बिगारेका सम्पूर्ण भवन मर्मत गरेको सात महिनासम्म नाकाबन्दी हुँदा कलेजका ४४ वटा बस गाडीहरु अविछिन्न सञ्चालनमा ल्याउन प्रतिलिटर ६५० रुपियाँ लिटरसम्ममा ईन्धनको ब्यवस्था गरी कलेजलाई सूचारु गरेर कलेजको शाख उठाएको ।
यसमा थप लम्बोदर न्यौपाने समूहलाई ५४ करोड ठगी गरेको मुद्धा सिआइबी मार्फत चलाएको र ६५ करोेडको सम्पति शुद्धिकरणमा मद्धा चलाउको पनि आम्दानी भएरै हुनुपर्छ ।
यसरी हेर्दा न्यौपानेको कार्यकालको ४ बर्षको अवधिमा कलेजले यति प्रगती गर्यो भने हरिकृष्ण श्रेष्ठले कलेज हडपेर ४ बर्ष विताइसके यो अवधीको हिसाब कसरी र कहाँ देखाउछन ?
हाल अनाधिकृत रुपमा कलेज हडपेको समुहले देखाउनु पर्ने हिसाव यस्तो छ :
हालको कलेज ब्यवस्थापनले चार बर्ष नै कलेज सञ्चालन गरेको छ । जसमा पहिले न्यौपानेको कार्यकाल जस्तो ५४ करोड ठगी नभएको तथा ६५ करोड सम्पति शुद्धीकरण समेत नगरेको, बिद्यार्थीबाट उति नै शुल्क उठाएको र अध्यक्ष लम्बोदर न्यौपानेले सञ्चित गरी बैकमा राखेको २० करोड रकम तथा त्यो समयमा भएका माथि दिइएका बुँदा नम्बर १ देखि ७ सम्मका जस्ता कुनै काम नभई जम्मा भएका रकमको दुरुस्त हिसाब किताव र समग्रमा यस ब्यवस्थापनले चार बर्षको सम्पूर्ण आय ब्यय विवरण तुरुन्त दिनपर्यो, नत्र सम्पूर्ण शिक्षक, कर्मचारीहरु विभिन्न निकायहरुमा जाहेरी दिन जान बाध्य छौँ, भनी शिक्षक तथा विद्यार्थी र कर्मचारीहरुले संयुक्त रुपमा माग गरेका छन ।
सो कलेज सात जना निजी लगानीकर्ताको पहलमा बिसं.२०५१ मा स्थापना भएको हो । भक्तपुरको चाँगनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेज बिगत चारवर्षदेखि गुण्डा र नक्कली प्रमाणपत्रधारी हरिकृष्ण श्रेष्ठले कब्जामा लिएर चलाएका छन ।
कलेज कर्माचारीका अनुसार, बिसंं २०५१ मा त्रिविबाट सम्बन्धन प्राप्त गरेर सञ्चालनमा आएको सो कलेज विसं. २०५५ सालमा भने त्रिबि छोडेर पोखरा विश्रवबिद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा आएको हो । सात सञ्चालकमध्ये एकजना अष्ट्रेलिया बस्दै आएका लम्बोदर न्यौपानले भने बिसं.२०७० सालदेखि आफ्नो अध्यक्षतामा कलेज चलाए ।
अध्यक्ष न्यौपानेले सो कलेज चार बर्षसम्म चलाए । सो चार बर्षको अवधिमा अनियमितता रहेको भनी २०५१ देखि २०७० सम्म कलेज एकलौटी रुपमा एक संस्थापक सञ्चालक दिपक भटटराई तथा अर्का एक कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठले अख्तियार तथा अदालतमा अनियमितता गरेको भनी उजुरी दिए ।
कलेजका एक संस्थापक सञ्चालक आर्थिक अबस्थाबारे जानकारी दिदै भन्छन, बिसं. २०५५ देखि बिसं. २०७० सम्म कलेज एकलौटी रुपमा एक संस्थापक सञ्चालक दिपक भटटराईले चलाए । सो अवधिमा कलेज कहिल्यै फाइदामा देखाइएन ।
अझ कलेजलाई १७ करोड ‘लोन’ रहेको देखाइयो भने कलेजको ३६ रोपनी निजी जग्गा र सो मा बनेको कलेज संरचना पनि नेपाल एयरलाइन्सका पूर्ब अध्यक्ष रामाज्ञाप्रसाद चतुर्बेदीको सर्बोच्च अदालतमा धरौटी राख्नमा प्रयोग गरियो । र सो अवधिमा कलेजलाई १७ करोड ’लोन’ को भार बोकाइयो ।
तर, लम्बोदर न्यौपानले भने बिसं.२०७० सालदेखि आफ्नो अध्यक्षतामा कलेज चलाउदा कलेजको शैक्षिक गुणस्तरमा बृद्धि संगै कलेजको उक्त दिपक भट्टराईको कार्यकालको लोन समेत तिरेर समग्र आर्थिक अवस्थामा समेत सुधार ब्यापक सुधार भयो । तरपनि मुद्दा मामिला गरेर गुण्डा प्रयोग गरेर हरिकृष्ण श्रेष्ठ समुहले हाल अबैधानिक रुपमा कलेज कब्जा गरेका छन् ।
यसले कलेजको शैक्षिक गुणस्तर तहसनहस भएको छ । साथै ब्यापक अनियमितता भएको देखिएको छ ।