तिलोत्तमा मतगणना जारी ३ सय ५७ मतान्तरले खाँणको अग्रता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी छ । नेपाली काँग्रेस वाट नेपाली काँग्रेसका रुपन्देही जिल्ला सभापति, एंव गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाई रामकृष्ण खाँण रहेका छन्, भने यता पूर्वपत्रकार तथा नेकपा एमालेका नेता मोहन चापागाँई विच रोचक टक्कर रहेको तिलोत्तमाको मतगणनामा सबैको ध्यानकेन्द्रित भएको छ ।

यस्तै, आईतवार अपरान्ह करिव ४ बजेर ३८ मिनेटमा ३० हजार ७ सय ३४ मत गणना हुँदा निर्वाचन आयोग नेपाल निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाको कुञ्जलापुरले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिकाको लागि मेयर पदका उम्मेदवार नेपाली काँग्रेसका रामकृष्ण खाँणले ११ हजार ९ सय ५३ मत ल्याएको वताईएको छ भने, एमाले वाट मेयरका उम्मेदवार मोहन चापागाँईले ११ हजार ५ सय ९ मत प्राप्त गरेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार