बुटवलमा बलात्कारीलाई कारवाही अमृतालाई न्यायको माग गर्दै विद्यार्थी आन्दोलनमा

बुटवल । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गर्नेलाई कडा कारवाही र अमिता खत्रीको न्यायको माग गर्दै बुटवल प्रदर्शन भएको छ । आइतबार बुटवलमा विद्यार्थीहरुले ८ वर्ष अघि ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गर्नेलाई कारवाही र अमृता खत्रीको न्यायको मागसहित विद्यार्थीहरुले बुटवल उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय र उच्च अदालत तुलसीपुर, बुटवल इजलास अघि प्रदर्शन गरेका हुन् ।

आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले शनिबार पक्राउ गरिसकेको छ । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौन शोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो मुद्दा राष्ट्रिय चासो विषय बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार