बुटवलमा एमालेको २५ बर्षिय विरासतलाई पछि पार्दैे विजयको यात्रा नजिक पाण्डे

बुटवल । २०५४ सालदेखि एमालेको एकछत्र गढ मानिदै आएको बुटवल लामो समयसम्म स्थानीय र केन्द्रीय राजनीतिलाई थेक्दै आएको छ। विशेषगरी नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको राजनितिक करिअरलाई उँचो वनाउने ठाउँको रुपमा चिनिन्छ बुटवल । पौडेलले आफ्नो राजनितिक थलो वनाउँदै आएको निर्वाचन क्षेत्रको विकास नगरेका भने होईनन् । उनले खोलानालामा पुल र कल्भर्ड वनाईदिएर यहाँका मतदाताको नजरमा लोकप्रिय वने । त्यसैका कारण पौडेलले यसक्षेत्र बाट निरन्तर चुनाव जित्दै आएका छन् ।

तर, ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निकायको चुनावमा भने उनै बुटवलबासीका प्रिय नेताको क्षेत्र वाट एमालेले आफ्नो २५ बर्षिय वितासत जोगाउन हम्मेहम्मे परेको छ । बुटवल उपमहानगरका अधिकांश वडाहरुको मतगणना सकिदा नेपाली काँग्रेसका नेता बुटवल नगर सभापति खेलराज पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी मेयरका उम्मेदवार एमालेका नेता बाबुराम भट्टराईलाई धेरै मतान्तरको फरकमा शुरुदेखि नै पछाडि पार्दै आएका छन् ।

बुटवल उप-महानगरपालिकाका १९ वटा वडाहरुमध्ये शुक्रवार देखि ११ को मतगणना शुरु गरिएको छ भने, १२ न- वडाको मतपत्र गणना शनिवार विहान सकिएको र काँग्रेसको प्यानल विजयी भएको छ। वडा न- ११ एमालेको सबैभन्दा निर्णायक वडा मानिन्छ । हालसम्मको गणना अनुसार ११ मा मेयरमा खेलराजको मत धेरै आएको छ, भने वडाध्यक्षमा एमालेको मत धेरै आएको पाईएको छ । वडा न- ११ मा एमालेले धेरै मत ल्याएपनि कांँग्रेसका मेयर पदका उम्मेदवार पाण्डेले थोरै मत प्राप्त गरेपनि जित सुनिश्चित भैसकेको छ ।

जसले गर्दा २५ बर्षसम्म काँग्रेसले गुमाएको आफ्नो विरासत ढिलै भएपनि फर्काउने अपेक्षामा काँग्रेसजनहरु विश्वस्त छन् । बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा भने एमालेकी नेतृ सावित्रादेवि अर्यालले जित हात पार्ने निश्चित छ। गठबन्धनको तर्फबाट प्रमुखमा उठेका कांग्रेसका उम्मेदवार पाण्डेले ६ हजार बढी मतले एमालेका भट्टराई पछि पारेका छन्। त्यस्तै उपप्रमुमा एमालेकी अर्यालले गठबन्धनका उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई पनि धेरै मतान्तारले जित्ने भएकी छिन् ।

निर्वाचन आयोग बुटवलका अनुसार शनिवार करिव २ बजेसम्म सबै मतगणना सकिने बन्दै अपरान्ह सम्म मेयर- उपमेयरको नामवली सार्वजनिक गरिने जनाएको छ । हालसम्म उपमहानगरका वडा न- १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना यसअघि नै सकिएको छ। वडा नम्बर १ मा कांँग्रेसका बागी उम्मेदवार विजयी भएका छन्। भने, वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विजयी भएका छन्। वडा नम्बर ३, ४, ५,६, ७, ८, ९, १३, १५, १६, १७ मा कांग्रेस विजयी भएको छ। त्यस्तै वडा नम्बर १०,१४,१८ र १९ वडामा एमालेले जित हात पारेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार