गठबन्धनको ध्यान एमाले बाहेकका शक्तिहरूलाई जिल्लामा एक बनाएर लैजाने भनियता पनि गठबन्धनको परिमाण उल्टो

दलहरूबीच केन्द्रमा सहमति नहुँदै अर्घाखाँची जिल्लामा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भए पनि त्यसको नजिता भने फरक आएको छ ।

गठबन्धनको ध्यान एमाले बाहेकका शक्तिहरूलाई जिल्लामा एक बनाएर लैजाने भनियता पनि गठबन्धनको परिमाण उल्टो आउनुमा गठबन्धनभित्रै रहेका कमिकमजोरीका कारण भयको स्थानीय नेताहरु बताउँछन् ।

अर्घाखाँची जिल्लामा अहिले एमालेले आफ्नो प्रभाव बढाएको छ । विगतमा माओवादी र नेपाली काँग्रेसले जितेका ठाउँहरुमा अहिले एमाले विजयी भएको छ । यस अघिको स्थानीय तह निर्वाचनमा मालरानी गाउँपालिकामा मात्र सीमित रहेको एमाले अहिले पाणिनी, मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकामा विजयी भएको छ । सितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकामा पनि एमालेले उपप्रमुख÷उपाध्यक्ष पद जितेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा पाणिनीमा अध्यक्ष, छत्रदेवमा दुवै पद, शितगंगा र सन्धिखर्क नगरमा प्रमुख र भूमिकास्थान नगरमा उपप्रमुख पद जितेको काँग्रेसले यसपाली सितगंगा नगरपालिकाको मेयर, छत्रदेव गाउँपालिकाको अध्यक्ष पद मात्रै जितेको छ । पहिला १२ वटा पदमध्ये ६ सिट जितेको काँग्रेस अहिले दुई वटा सीटमा खुम्चिएको छ ।

राष्ट्रिय जनमोर्चाले भूमिकास्थान नगरप्रमुखमा जितेको छ । विगतमा ३ उपमेयर जितेको माओवादी अहिले भूमिकास्थानमा उपमेयरमा खुम्चिएको छ ।

सन्धिखर्क नगरपालिका विगतमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्दनमा काँग्रेसबाट प्रमुखमा कमल प्रसाद भुसालले जितेको अहिले एमालेले जितेको छ । प्रमुख पदमा एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले नेपाली काँग्रेसकी शान्ता भण्डारीलाई पराजित गरेका छन् । श्रेष्ठले ११ हजार १३५ मत ल्याउँदा गठबन्धनको तर्फबाट उम्मेदवार भण्डारीले ९ हजार ३३४ मत ल्याएकी छन् ।

यस्तै उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले माओवादीका राजेन्द्र भुसाललाई पराजित गरेकी छन् । यसअघि यहाँ माओवादी केन्द्रका ठाकुर बिक उपमेयर थिए । ५ दलीय सत्ता गठबन्धनलाई हराउँदै यो नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेको हो । आचार्यले ९ हजार ६४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १६८ मत ल्याए ।

सितगंगा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका छविलाल पौडेल निर्वाचित भएका छन् । उनले ९ हजार २५८ मत ल्याउँदै एमालेका बसन्तकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ९ हजार १६२ मत ल्याएका थिए ।

उपप्रमुखमा भने एमालेकी गीता भाटले ९ हजार ७९ मत ल्याउँदै माओवादीका टिकाराम रेश्मी मगरलाई पराजित गरेकी हुन् । गठबन्धनबाट उम्मेदवार बनेका मगरले ६ हजार ७७४ मत ल्याएका छन् ।

भूमिकास्थान नगरपालिकामा गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका झविलाल थापा निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाको संगठन बलियो भएको यो नगरपालिकामा थापाले ८ हजार ३२४ मत ल्याउँदा एमालेका उम्मेदवार रेशम थापाले ७ हजार ५२४ मत ल्याए । यहाँ उपप्रमुख पद भने गठबन्धनको तर्फबाट माओवादीका बालकृष्ण बन्जाडेले जितेका छन् । बन्जाडेले ७ हजार ५५८ मत ल्याएका थिए भने एमालेका वसन्ता पौडेलले ६ हजार ८६४ मत ल्याएकी छन् ।
नेपाली काँग्रेसका जितेको छत्रदेव गाउँपालिकामा अहिले पनि अध्यक्षमा काँग्रेसकै चन्द्रमान श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ७ हजार ४०७ मत ल्याएका छन् भने एमालेका दीपक पन्थीले ७ हजार २२४ मत ल्याए । उपाध्यक्षमा भने एमालेका मनी पन्थी ७ हजार ५१९ मत सहित विजयी भएकि छन । उनले नेपाली काँग्रेसका इन्दिरा भुसाललाई पराजित गरिन् । भुसालले ७ हजार २३५ मत ल्याइन् । यहाँ एमालेले उपाध्यक्ष पद नेपाली काँग्रेसबाट खोसेको छ ।

विगतमा जितेको पाणिनी गाउँपालिका काँग्रेसले यसपटक गुमाउनु परेको छ । अध्यक्षमा दोहोर्‍याएर उम्मेदवार बनेका नेपाली काँग्रेसका अच्युत गौतमलाई हराउँदै एमालेका टेकराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले ७ हजार ७४९ मत ल्याएका छन् भने नेपाली काँग्रेसका गौतमले ७ हजार २८ मत ल्याए ।
यहाँ उपाध्यक्ष पनि एमालेले नै जितेको छ । उपाध्यक्षमा एमालेकी नर्मदा गौतम (पौडेल) ले काँग्रेसकी लक्ष्मी गौतमलाई हराएकी छन् । पौडेलले ७ हजार ६६१ मत ल्याएकी छन् भने काँग्रेसकी गौतमले ७ हजार ३८ मत ल्याएकी छन् ।

एमालेले मालरानी गाउँपालिकामा आफ्नो साख कायमै राखेको छ । २०७४ सालमा जितेको एमालेले अहिले पनि अध्यक्ष र उपाध्यक्ष दुवै आफ्नो पकडमा राख्न सफल भएको छ । एमालेका अध्यक्षका उम्मेदवार दलबहादुर भट्टराईले ८ हजार २८३ मत ल्याउँदै गठबन्धनका उम्मेदवार पदम क्षेत्रीलाई हराएका हुन् । माओवादी केन्द्रका क्षेत्रीले ६ हजार ७२६ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकै दिपा पोख्रेलले नेपाली काँग्रेसका शोभाखर खनाललाई पराजित गरेकी छन् । पोख्रेलले ८ हजार १५५ मत ल्याएकी छन् भने खनालले ६ हजार ६५७ मत ल्याएका थिय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार