ओखलढुंगाको चिसंखुगढीमा कसले मार्ला बाजी ?

ओखलढुंगा २५ बैशाख । स्थानीय तहको निर्वाचनको मिति आउन अब पाँच दिनमात्र बाँकी रहदै गर्दा उम्मेदवारहरुको जोडघटाउन सुरु भएको छ । ओखलढुंगाको चिसखुगढी गाउपालिकामा दुइ उम्मेदवारको जोडघटाउ सुरु भएको छ । माओवादी कांग्रेस गठबन्धबाट गाउपालिका अध्यक्षको लागि निशान्त शर्मा चुनावी मैदानमा छन । एमालेको तर्पmबाट अशोक थापा चुनावी मैदानमा छन ।
दुवै उम्मेदवार प्रतिस्पर्धा राम्रै हुने देखिन्छ । निशान्त शर्मालाई काग्रेसको सपोर्ट छ भने सबै काग्रेसले शर्मालाई सपोर्ट नगर्ने देखिन्छ । यता थापालाई एमालेलेमात्र सपोर्ट रहेपनि पार्टीभित्रको खिचातानीका कारण एमालेकै केही स्थानीय नेता तथा कार्यकर्ताले भोट क्रसिङ गराउने संकेत देखिएको छ । जसका कारण दुवै उम्मेदवारको आ आफ्नै जोडघटाउ भइहरहेको छ । निशान्त शर्मा अघिल्लो चुनावमा पनि पालिका अध्यक्ष बनेका हुन । पाँच बर्षको कार्यकालमा जनतालाई कति बुझाउन सके या सकेनन भन्ने कुरामा भर पर्ने देखिन्छ भने अशोक थापा पहिलो पटक उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन । थापा पालिका अध्यक्षको लागि नयाँ अनुहारका रुपमा देखिएका छन ।
दुबै उम्मेदवार आ आफ्नो ठाउमा क्षमतावान उम्मेदवारका रुपमा देखिन्छन । अनुभवका हिसाबले निशान्त शर्मा अगाडि छन । किनकी उनले पाँच बर्ष पालिका चलाएको अनुभव छ । अशोक थापा भने पहिलो पटक नयाँ अनुहारका रुपमा उपस्थित भएका छन । गाउमा भने थापा पुरानै हुन । एमालेको संगठनमा चिसखुगढीका सशक्त युवा नेताका रुपमा परिचित छन । निशान्त शर्मा माओवादी केन्द्रका सशक्त युवा नेता हुन । दुबै नेता उत्तिकै देखिए पनि निर्वाचनमा एक जनाले पराजय भोग्ने ध्रुब सत्य हो । निशान्त शर्मा पुरानो अनुहार भएका कारण शर्मासंग जनता कति भिजेका छन भन्ने र निशान्त शर्माले कति जनहितको काम गरे भन्ने कुरा महत्वपूर्ण कुराले निर्वाचनमा ठुलो मुभीका खेल्ने देखिन्छ । यता थापालाई पनि नयाँ अनुहारले केही नयाँ गर्ला कि भन्ने जनताको आशा रहेको देखिन्छ । जसका कारण बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यी दुइ नेता मध्ये एकले सानो मतान्तरले निर्वाचन जित्ने र हार्ने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार