आहा ! लुम्बिनी

बुद्ध जन्मस्थल लुम्बिनी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल

  कोरोनाखबर संवाददाता

लुम्बिनीः बुद्ध जन्मस्थल लुम्बिनी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल हो । विश्वका करोडौं–करोड बौद्धमार्गीको आस्थाको केन्द्र पनि हो । शान्ति र अहिंसाका प्रतीक मानिने गौतम बुद्ध लुम्बिनी प्रदेशकको रुपन्देहीको लुम्बिनीमा जन्मिएका हुन् ।
लुम्बिनी फराकिलो भू–भागमा फैलिएको छ । यहाँ नेपालसँगै धेरै मुलुकका आआफ्ना कला, शैली र कलाकृत झल्किने मन्दिरहरु छन् ।
लुम्बिनीको सबैभन्दा राम्रो र आकर्षण बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखिएका बस्तुहरु पनि छन् । त्यो वरपरको बातावरण आनन्दित मात्रै होइन्, सुन्दर पनि छ । प्रत्येक वर्ष यहाँ विश्का एक–सवासय मुलुकका पर्यटक आउँछन् ।


कोरोना भाइरसको संक्रमण पछि लुम्बिनीमा विदेशी पर्यटक खासै आउन सकेका छैनन् । आन्तरिक पर्यटक भने बढीरहेका छन् । खासमा लुम्बिनी एउटा सानो आध्यात्मिक र शान्तिप्रेमीको संसार हो । यहाँ जो कोहीलाई एकपल्ट पुग्ने इच्छा हुन्छ ।


ढकमक्क फुलेका फूल, कलाकृतिमा बनेका विभिन्न मुलुकका मन्दिर, सफासुग्गर, शान्त वातावरण लुम्बिनीका विशेषता हुन् । यतिमात्रै होइन, शान्ति दीप, केन्द्रिय नहर र त्यसमा चल्ने बोटिङले धेरैको मन लोभ्याउँछ । रात्रिकालीन समयमा धपक्क बल्ने लाइटले लुम्बिनीको सौन्दर्यता झनै थपेको छ । लुम्बिनी ध्यान गर्नेहरुका लागि पनि निकै महत्वपूर्ण मानिन्छ । लुम्बिनी पुग्न सहज सडकमार्ग छ । त्यहाँ पुगेर दृश्यावलोकन पछि बास बस्न सुविधा सम्पन्न होटलहरु छन् ।

लुम्बिनीका थप तस्बीरहरुः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार