गणतन्त्र खारेजिकाे मागगर्दै बुटवलमा र्याली र सभा

बुटवल

राजावादी समर्थक वीर गाेर्खालीहरूकाे अायाेजनामा साेमवार बुटवलमा विशाल माेटरसाईकल र्याली र काेण सभा सम्पन्न भएकाे छ ।
रूपन्देहीको मणिग्रामवाट विभिन्न राजा समर्थक नारा लगाउदै निस्किएकाे र्याली जाेगिकुटि हुँदै बुटवलकाे राजमार्ग चाैराह , मिलनचाेक, अस्पताल लाईन, अमरपथ हाटवजार हुँदै ट्राफिक चाेकमा अाएर काेण सभामा परिणत भएकाे थियाे ।
राष्ट्रिय गानवाट सुरूभएकाे सभामा वाेल्ने वक्ताले गणतन्त्रको अन्त्य संबैधानिक राजतन्त्र, बुदलिय प्रजातन्त्र र हिन्दु अधिराज्य नेपाल स्थापना हुनुपर्ने माग गरेका थिए ।
उनिहरूले दलिय नेताहरूले नेपाली जनतालाई झुटा अाश्वासन वाढेर ढाटेर राजनिती काे नाममा ब्यापार गरेकाे अाराेप लगाए ।
नेपाली जनताले दलहरूलाई २०६२/०६३ काे अानदाेलनमा साथ दिएपनि अहिले उनिहरू गालिखान समेत लायक नभएकाे दावि गरे ।
बर्तमान सरकारले भ्रष्टाचार र व्यथिति बढाएकाे, सघियता नेपालकाे लागि सुहाउदाे नभएकाेे उनिहरूकाे भनाईथियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार