कांग्रेस नेता मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, ६ दिनपछि होस खुल्यो

काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद मीन विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको मंगलबार दिउँसो पीसीआरको रिपोर्ट आएको हो ।

६ दिनदेखि बेहोस अवस्थामा रहेका उनको मंगलबारदेखि होस खुलेको उनका स्वकीय सचिव टेक विश्वकर्माले बताए । ‘चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार भएको छ । आजदेखि होस पनि खुलेको छ,’ उनले भने ।

गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा होम आइसोलेसनमा बसेका विश्वकर्मा सास फेर्न गाह्रो हुन थालेपछि वीर अस्पताल भर्ना भएका थिए । तीन दिन वीर अस्पतालमा उपचार गराएका विश्वकर्माको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार