प्रधानमन्त्रीलाई विश्वप्रकाशकाे प्रश्न- जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?

काठमाडाैं । सरकारले संविधानसभाबाट संविधान जारी भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उपरान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय गरेपछि यसकाे विराेध भइरहेकाे छ ।

विपक्षी दलका नेताहरूले यसकाे विराेध गरिरहेका छन् । यस्तैमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारले मातहतलाई दिएकाे निर्देशन आपत्तिजनक रहेकाे बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याण्डललाई मेन्सन गर्दै ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?’ भन्दै प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, – ‘होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !’

यस्तै कांग्रेस नेता कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पनि सरकारकाे उक्त निर्णयकाे विराेध गरेका छन् । नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय नेपालको संविधानको धारा ४ को नग्न उलंघन र अनिष्टको पूर्व संकेत भएको केसीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार