काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गएराती १० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।
उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए । राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत हुन् ।
उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्न व्यवसायमा उनी सफल थिए । केसी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष थिए ।