‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्नु अनिष्टको पूर्व संकेत !

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय नेपालको संविधानको धारा ४ को नग्न उलंघन र अनिष्टको पूर्व संकेत भएको बताएका छन् ।

सरकारले संविधानसभाबाट संविधान जारी भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उपरान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय गरेकाे थियाे । यसकाे विराेध गर्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्ताे धारणा राखेका हुन् ।

नेता केसीले ट्वीटरमा लेखेका छन्- ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल नलेख्न र अंग्रेजी वा नेपालीमा नेपाल मात्र लेख्ने मन्त्रिपरिषदकाे निर्णयको कानून मन्त्रालयको पत्र र निर्देशन अहिले किन आवश्यक पर्यो ? यो नेपालको संविधानको धारा ४ को नग्न उलंघन र अनिष्टको पूर्व संकेत हो ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता ल्याउन भन्दै  ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उपरान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय गरेकाे हाे ।

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषदको असाेज ११ गतेको बैठकले गरेको निर्णय अनुसार नेपालको नाम प्रयोग गर्न भनेको हो । मन्त्रिपरिषद बैठकले विभिन्न कूटनीतिक नियोगलाई पनि नेपालको नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ प्रयोग भन्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार