सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणमा दुई पक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछ : भारत

काठमाडौं । भारतले आफ्ना सेना प्रमुख एमएम नरवाणेको बुधबारदेखि हुने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाबीच रहेको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने बताएको छ ।

भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्यसम्बन्धी दुई पक्षीय सम्बन्धबारेमा छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका छन् ।

उनको भ्रमणका बेला नेपाली सेनाले नरवाणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने मुख्य कार्यक्रम छ । नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार