‘तुम शेर तो हम सवा शेर’ झैँ नगरौँ, पार्टी एकताको रक्षा गरौँ : नारायणकाजी श्रेष्ठ

काठमाडाैं । पार्टीभित्र विवाद चर्किरहेका बेला सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने कुरा सही नभएकाे बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्ताे धारणा राखेका हुन् ।

उनले लेखेका छन्, – ‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही होइन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष, अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत विषय नबनाऔँ भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौँ ।’

यस्तै प्रवक्ता श्रेष्ठले पार्टीभित्रको छलफल्, बहस र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिन तथा राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गर्न पनि  आग्रह गरेका छन् ।

‘तैँ चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं । पार्टी एकताको रक्षा गरौं। साथै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवम् बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं’, उनले फेसबुकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार