बुटवलमा घन्कियो ‘देश र श्रीपेचको रक्षा’ को नारा

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै सोमबार रुपन्देहीमा ‘देश र श्रीपेचको रक्षा ’ नारा घन्किएको छ । वीर गोर्खाली अभियानको आयोजनामा उक्त प्रदर्शन गरिएको हो । प्रदर्शनमा झण्डै दुई हजार मोटरसाइकल चालकको सहभागिता थियो । प्रदर्शनमा सहभागीहरुले पूर्व राजा रानीको तस्बिर सहितको टिसर्ट समेत प्रयोग गरेका थिए ।

तिलोत्तमाको मणिग्रामबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अभियानका संयोजक वसन्तविक्रम पाण्डेले राष्ट्रिय एकता र स्वाधीनताका रक्षाका लागि राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको बताए । जसका लागि राष्ट्रवादी शक्तिहरु एक भई अघि बढ्नु पर्ने उनको भनाइ छ । उनले भने, ‘राजसंस्थाको पुनःस्थापनाले नै जनता मुलुकलाई बाह्य शक्तिको हस्तक्षेपबाट जोगाउन सक्छ ।’

कम्युनिस्ट नेतृत्वका सरकारले मुलुकमा भ्रष्ट्राचार, बाह्य शक्तिको हस्तक्षेप बढ्दै गइरहेकाले देशव्यापी राष्ट्रिय स्वाधीनता र एकताको आवाज उठाउनुपर्ने आवश्यक रहेको उनले टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार