कालिज पालनमा आकर्षण भिरालो पाखो जग्गाको प्रयोग पाल्पा

कार्तिक ५,
पछिल्लो समय जंगली चरा कालिज पालन व्यवसाय तिर किसानहरुको आकर्शण बढ्दै गएकौ छ । यो जंगलि चराको बजार मा राम्रो माग हुनथाले पछि पाल्पा रुपन्देही जिल्लाका बिभिन्न ठाउँमा व्यावसायिक रुपमा पालन सुरुगरिएको छ ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको झिंगामारामा मोतीराम न्यौपानेले खेरगएको खरबारि भिरालो जग्गामा तार जालि लगाएर खोरवनाई कालिज पालन सुरुगरेका छन ।

यसको मासु स्वादिलो, स्वस्थकर र प्रोटिन युक्त हुनेभएकोले बजारमा राम्रो माग रहेके छ । कालिज बिस्वमा २० प्रजातिको पाइने भएपनि यहाँ रहेको फर्ममा रीङगेट लगाएत ५ प्रजातिका कालीज रहेको छ । फर्म संचालक न्यौपाने भन्नुहुन्छ पछिल्लो समय कालिजको वजार राम्रो रहेको र यो ठाउँ कालिज पालनको लागि पउयुक्त भएहेकोले अहिले एक हजार चल्ला बाट व्यवसाय सुरुगरेको छु ।

यो क्षेत्रमा अन्य कृषिकार्य समेत गर्ने योजना रहेको बताउदै न्यौपाने भन्नुहुन्छ जंगलकैघास, पात, मकै , कोदो, कुखुराका दाना यसका आहारा हुन् । १ हजार ७ सय रुपैयाँ प्रति गोटा चल्ला किनेर कालिज पालन स्रु गरेका उनले ५ हजार कालिज पाल्ने योजना वनाएका छन् । हाल यस्को प्रतिकिलो बजार मुल्य ३ हजारदेखि ३ हजार ५ सयसम्म पर्दछ ।

पाल्पाको झिगामारा पा्रकृतिकरुपले रमणीय र कृषिकार्यको लागि उपयूक्त भएकोले यहा अन्य किसान व्यवसायीले बाख्रा, कुखुरा पालन गर्नुका साथै तरकारि खेतिमापनी लागेका छन् । यही ठाउँमा हुमाकान्त काफ्लेले लगायत पाँच जना मिलेर दुई बर्ष अगाडि देखि तिनाउ हेचरी उद्योग संञ्चालन मा ल्यएका छन् । जस्ले गर्दा कुखुरा ,कालिज ,टर्कीको चल्ला उत्पादनमा समेत सहयोग पुगेको छ ।

हेचरीका संञ्चालक हुमाकान्त काफ्ले भन्नु हुन्छ हाल पाँच हजार बोयलर प्यारेन्ट पालेका छौ जसबाट चल्ला उत्पादन हुन्छ र लुम्विनी अञ्चलमा सप्लाई गर्दै आएका छौ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार