कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

काठमाडौं । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण हुन नसकिरहेको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

कक्षा १२ को परीक्षा सञ्चालनकाा लागि तालिका र कार्यविधि तयार भइसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिएका छन् ।

यसअघि सरकारले सबैखाले परीक्षा सञ्चालनका लागि सम्बन्धित निकायलाई अनुमति दिएको थियो । तर, फेरि कोरोना संक्रमण तीब्र बनेका कारण सबै परीक्षा स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार