लुम्विनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचारलाई निरन्तरता दिने भएको छ । केन्द्र सरकारले कार्तिक २ गतेदेखि सरकारले सबैको उपचार र परीक्षण नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारले भने निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएको हो ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार भइरहको जनाएका छन् । पोख्रेलले सामाजिक संजालमा लेखेका छन् ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निस्शुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

लुम्बिनी प्रदेशको रुपन्देही बुटवलस्थित कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल र दाङको आयुर्वेद अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाइएको छ । केन्द्र सरकारले कोरोना संक्रमितको उपचार नि:शुल्क नगर्ने नगर्ने निर्णय गरेसँगै अहिले सरकारको सर्वत्र विरोध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार