बिदेशवाट फर्किएका युबाद्धारा एकिकृत एग्रो

संस्थाका अध्यक्ष खडक बहादुर थापा ।

रुपन्देही । असोज ३०
बिदेशवाट फर्किएका युबाद्धारा नेपालमै केहीगर्नपर्छ भन्ने उद्येश्यका साथ रुपन्दहीको सैनामैनामा एग्रो फर्म संचालनमा ल्याएका छन् । झण्डै १५ वषर््ा सम्म बिदेशका बिभिन्न मुलुकमा कृषि कार्यमा अनुभव बटुलेका केही युबाहरुको सक्रियतामा यो एग्रो फर्म संचालनमा ल्याईएको हो ।


आफै मलिक आफै ग्राहक आफै उपभोक्त भन्ने उद्येश्यकासाथ संचालनमा ल्याईएको यो फर्म एकिकृत कृषि क्र्रान्ति कृषकको मनमा शान्ति भन्ने नाराका साथ संचालनमा ल्याईएको छ । उनीहरुले लोकल र बिकासे कुखुरा पालन, टर्कि, बटाई पालन तथा बाख्रा पालन गर्नुका साथै हेचरीको काम समेत संचालनमा ल्याएको वताउछन । भारत,कोरिया, दुवई, कोरिया अमलेसिया १५ बर्ष बिदेशमा अनुभव बटुलेका फर्मका संचालक लिला बहादुर थापा नेपालमै केहीगर्न पर्छ भनेर यो ब्यवसाय सुरु गरेको वताउछन । उनी भन्छन अव कृषिमा आफुले वाँकि श्रम खर्च गर्ने योजना छ ।


फर्मका अध्यक्ष खडक बहादुर थापा १ सय ९ जनाको लगानीमा नयाँ तरीकाले सचालनमा ल्याएको एकिकृत कृषि फर्म बस्तुको पशुपन्छि पालन चल्ला उत्पादन र बस्तुको बजारीकरणमा किसानलाई साथदिने प्रमुख उद्येश्य रहेको वताउछन् ।
पछिल्लो समय नेपालमा कृषिको महत्व बढ्दै गएको वताउने उनीहरुले कृषिमा राम्रो संभावना देखेका छन् । उनीहरुले बधशाला समेत संचालनमा ल्याएका छन् । भनि मिटमार्ट संचालनमा ल्याउने योजना रहेको फर्मका सल्लाहकार कुलवहादुर केसी वताउनु हुन्छ ।


एकैजनाले ठुलो लगानी गर्न सम्भव नभएकोले एकिकृत रुपमा थोरै थोरै लगानी गरेर काम गरेको वताउदै लगानी कर्ता ग्राहक र उपभोक्ता आफै भएको समेत केस िवताउनु हुन्छ ।
बुद्धनगर एग्रो र्फम मा हालसम्म करिव ४ करोड लगानी भएको छ भनी फर्मको हेचरी,बधसाला, दाना पसल लगायतका काममा गरी हाल लगानी कर्तामध्ेयवाट २३ जनाले रोजगार समेत पाएको र्फमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार