एकैदिन थपिए ४३ सय ९२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४३९२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमका अनुसार ४३९२ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । संक्रमितमध्ये ८८ हजार ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७१५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार