अर्थमन्त्री विष्णु पौडेल : समस्यालाई अवसरमा बदल्न सक्लान् त ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा विशेषज्ञ मन्त्री डा. युवराज खतिवडाको बहिर्गमनपछि आफ्ना विश्वास पात्र विष्णु पौडेललाई ल्याएका छन् । विष्णु पौडेल वालुवाटारको जग्गा प्रकरणमा विवादित नेता हुन् भने उनलाई अहिले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ लैजान अर्थमन्त्रीसँग राजधानी साटेको आरोप लागेको छ ।

नेकपा भित्रको लामो समय देखिको शक्ति संघर्ष जारी नै रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दै पौडेललाई अर्थमन्त्री बनाउने ‘बोल्ड’ निर्णय गरेका छन् । अर्थमन्त्री बनेसँगै पौडेलका अगाडी चट्टानरुपी चुनौतीहरु रहेका छन् । विशेषज्ञ मन्त्री डा. खतिवडाले सम्हाल्न नसकेको अर्थ मन्त्रालय अब विशुद्ध राजनीतिज्ञ पौडेलले कसरी सम्हाल्न सक्छन ? भन्ने प्रश्न अहिले आम रुपमा उठेको छ ।

पौडेल यसअघि २०७२ कार्तिक देखि २०७३ श्रावणसम्म अर्थमन्त्री बनेका थिए । तुलनात्मक रुपमा उनको अर्थमन्त्रीको त्यो कार्यकाल कम विवादस्पद र सफल नै मानिन्छ ।

तर अहिले परिस्थित फरक रहेको छ । कोरोना महामारीका कारण देशको अर्थव्यवस्था तहस नहस नै छ । लाखौ रोजगारी गुमेका छन् । स-साना व्यवसाय बन्द भएका छन् । रेमिट्यान्सले धानेको अर्थतन्त्र कोरोनाकै कारण रेमिट्यान्स घटिरहेको छ । सरकारसँग पर्याप्त बजेट नहुदा राहतको कार्यक्रम नै नल्याएको अवस्था छ । यी त अहिले यसै बर्ष सिर्जित समस्याहरु हुन् ।

त्यस बाहेक नेकपाको सरकार बनेको साढे २ बर्ष पुरा भएको छ । यस अवधिमा सरकारले ठोस कार्यक्रम नै ल्याउन नसकेको आरोप आमा रुपमा सरकारलाई लागेको छ । यस अवधिमा धेरै समय सरकार पार्टी विवाद र अनेक भ्रष्ट्राचारको काण्डको ‘डिफेन्ड’ गर्दै मा बिताएको छ । आफैले गर्छु भनेका र घोषणा पत्रमा उल्लेख गरेका कामहरु सरकारले शुरु नै गर्न सकेको छैन । एक पछि अर्को काण्डले सरकार एक किसिमले बदनाम बढी भएको छ यस अवधिमा ।

यस्तो अवस्थामा अर्थ मन्त्रालय सम्हाल्न आएका पौडेलसँग चुनौती नै चुनौतीको पहाड देखिन्छ । उनी सामु सरकारलाई लोकप्रिय बनाउने देखि अर्थतन्त्र सम्हाल्ने र अर्को चुनाव जित्ने सम्मको वातावारण बनाउनुपर्ने चुनौती रहेको छ । पार्टी भित्रको विवाद र शक्तिसंघर्षलाई ब्यालेन्स गरेर अगाडी बढ्नुपर्ने कठिन यात्रामा पौडेल हिडेका छन् ।

अहिले उनी स्वयं लुम्बिनी प्रदेशको राजधानी विवाद र यस अघि बालुवाटारको जग्गा विवादका कारण उनी आमरुपमा अलोकप्रिय छन् । अब उनलाई देशलाई आर्थिक रुपमा सहि ट्रयाकमा ल्याएर त्यो अलोकप्रियतालाई लोकप्रियतामा बदल्ने राम्रो अवसर पनि उनले पाएका छन् ।

पार्टीका महासचिव समेत रहेका पौडेल यस अघिका मन्त्री डा. खतिवडालाई भन्दा काम गर्न केहि सहज भने छ । खतिवडाले मन्त्रीको रुपमा काम गर्दा पनि राजनीतिज्ञको रुपमा काम गर्न नसक्दा नै असफल भएका हुन् । तर पौडेलले नेकपाका सबै शिर्ष नेताहरुलाई ब्यालेन्स गरेर काम गर्न सक्छन । प्रधानमन्त्री ओलीका विश्वास पात्र रहे पनि पार्टीका विवाद मिलाउदा पनि उनको भूमिका मध्यस्तकर्ताको रुपमा रहेकाले उनलाई अर्थमन्त्रीको रुपमा काम गर्नपनि पार्टीबाट सहयोग हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार