सरकारले कोरोना बिमा गरेकाहरुको नि:शुल्क उपचार नगर्ने

परीक्षण र उपचार शुल्क बिमा रकमबाटै काटिने


काठमाडौं । कोरोना बिमा गरेका बीमितहरु संक्रमित भएमा उनीहरुको परीक्षण र उपचार शुल्क बिमा रकमबाट काटिने भएको छ। सरकारले बिमा नगरेकाहरु गरिब, जेष्ठ नागरिक, एकल महिला, असहाय, अतिअपांग, फ्रन्टलाइनमा सुरक्षाकर्मी, सफाइकर्मी र स्वास्थ्यकर्मीमा लक्षण देखिएको अवस्थामा मात्रै नि:शुल्क परीक्षण गर्ने नीति सरकारले लिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशका पाँचौँ पटक परिमार्जन भएको जानकारी दिँदै बीमितको परीक्षण शुल्क बिमा रकमबाट काटिने व्यवस्था गरिएको बताए । मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता गौतमले उल्लेख गरेका छन् ।

‘अबदेखि आर्थिक रुपमा विपन्‍न, असहाय, एकल महिला, जेष्ठ नागरिक,अतिअपाङ्ग व्यक्ति, फ्रन्टलाइनमा काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलगायतका जोखिम क्षेत्रमा काम गरिरहेकालाई लक्षण वा चिन्ह देखिएमा निशुल्क परीक्षण गरिने छ’, उनले भने, ‘तर उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भए परीक्षण शुल्क बिमा रकमबाट काटिने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार