विद्युत खपतमा बुद्धि उज्यालो शहरमा जोड

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरण नयाँमिलवितरण केन्द्रले थप ११६ वटा नयाँ टान्सफर्मर जडान गरि चुहावट नियन्त्रण प्रभावकारी र भोल्टेजका समस्यालाई कम गरेको जनाएको छ ।

केन्द्रले आर्थिक वर्ष २०७५।७६मा १८ दशमलव ८४ प्रतिशतविद्युतको क्युमुलेटिभ लस रहेकोमा आर्थिक वर्ष ०७६। ७७ मा उक्त क्युमुलेटिभ लसलाई ४ दशमलव ६७ प्रतिशतमा झार्न सफलभएको दावि गरेको छ ।

केन्द्रले वार्षिक १४ दशमलव १७ प्रतिशतले विद्युतलसलाई नियन्त्रण गर्न सफलभएको जनाएको छ ।
११ केभिएको विद्युतलाईन निमार्ण गरि नगरका १७ वडामा भोल्टेजको समस्या र टेक्निकल लसेस कम गर्न विगत २७ महिनामाथप ११६ वटा नयाँ टान्सफर्मर जडान गर्न सफलभएको केन्द्रका प्रमुख कमर आलमखाँले जानकारी दिनुभयो ।

नगर क्षेत्रमाअझै विद्युतलाई व्यवस्थित गर्न थप १ वर्षको समय लाग्ने पनि कार्यालय प्रमुखखाँले बताउनु भयो ।
नगरपालिका क्षेत्रमा नयाँ थप गरिएका ११६ वटा टान्सफर्मर मध्ये तिलोत्तमा नगरपालिकाले १३ वटा र विद्युत केन्द्रले १०३ वटाको व्यवस्थापन गरेको हो । हाल नगरपालिका क्षेत्रमा २ सय ८५ वटा टान्सफर्मर जडान गरि नगरवासिलाई विद्युत सेवाप्रदान गरिएको छ ।
नयाँमिल वितरण केन्द्र मातहत ३२ हजार ग्राहक रहेको र वार्षिक ६ करोड ५६ लाख ३९ हजार ३५२ युनिट विद्युत खपत हुने गरेको छ ।
केन्द्र मातहतआर्थिक वर्ष २०७५। ७६ मा ५ करोड ४१ लाख ५ हजार ६७० युनिट विद्युत खपत भएकोमा आर्थिक वर्ष २०७६। ७७ मा १ करोड १५ लाख ३३ हजार ६८२ युनिट विद्युत बढी खपतभएको कार्यालयको तथ्याकले देखाएको छ । केन्द्रले आर्थिक वर्ष २०७५। ७६ मा ५६ करोड १८ लाख ८५ हजार १८० रुपैयाँ विद्युत महशुल शुल्क उठाएकोमा आर्थिक वर्ष २०७६। ७७ मा ६६ करोड ५२ लाख ३८ हजार ५२१ रुपैयाँ महशुल संकलन गर्न सफलभएको जनाएको छ ।

अघिलो आर्थिक वर्षको तुलनामा वितेको आर्थिक वर्षमा १० करोड ३३लाख ५३ हजार ३४० रुपैयाँ बढी महशुल संकलन गरेको कार्यालयले जनाएको छ । तिलोत्तमा नगरपालिका क्षेत्रको बुटवल भैरहवा सडक खण्डमा विद्युत प्राधिकरण र नगरपालिका बिच सम्झौता गरि सडक वत्तिका लागि १५ वटा मिटर जडान गरि सडक वत्तिको शुल्क नगरपालिकाले तिर्ने गरि रातीमा सडकलाई उज्यालो शहर सरह वनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार