काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टायता २ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै आज देशभर कुल ४ हजार ३६४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार, हाल मुलुकमा कोरोनाको सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ ।
मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा एक साताभित्रै १० हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । निषेधाज्ञा खुलेसँगै उपत्यकाभित्रका बजारमा मानिसहरुको चहलपहल बढिरहेको तर स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना नगरिंदा संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयले जनाएको छ ।