प्रधानमन्त्री ओलीलाई कमल थापाले भने- ‘प्लिज वेक अप’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।

आज (सोमबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राप्रपा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता लिन पनि सरकार असफल भएको बताए ।

उनले लेखेका छन्- ‘कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्म परिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ। प्रम @kpsharmaoli म तपाईंको शुभचिन्तक हुँ, त्यसैले भन्छु- plz wake up, act fast before it’s too late.’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार