अजरबैजानका तीन जेट विमान खसालिदिएको अर्मेनियाको दाबी

अर्मेनिया । नागार्नो-काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन ओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ । अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो ।

यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो । उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो । त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो ।अर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो ।

उक्त विज्ञप्तिमा यहाँको रक्षा मन्त्रालयले भनेको छ– शनिबार बिहान करिब ८:२५ तिर एक र ८:४६ तिर अरु दुइ ओटा गरी हामीले शत्रुका तीन ओटा जेट विमान खसालिदिएका छौँ । रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले फेसबुक पेजमा सो कुरा लेखेका छन् । उनले उक्त क्षेत्रको दक्षिणी भूभागमा आएका ती विमानहरु खसालिएको जनाएका छन् । सो क्षेत्रमा शनिबार बिहान पनि द्धिपक्षीय भिडन्त जारी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार