टिकटक वन्याे बृद्व असहायकाे सयाेगी माध्यम

सामाजिक संजाल फेसवुक टिकटक सहयोगकाे राम्राे माध्यम बन्दै जान थालेकाे छ ।
यसैक्रममा मिलिजुली फेमिली (Hand To Hands Family) विश्व एकै परिवार मानवता सेवा हाम्रो आधार
सामाजिक सञ्जाल टिकटकको माध्यमबाट समाजसेवामा समर्पित सस्थाले बुटवलकाे एक बृद्व अाश्रममा सहयाेग गरेकाे छ ।
उक्त मिलिजुली परिवारमा आवद्ध एका ग्रुपका साथिहरूकाे सहयाेगमा यहाका ११ जना बृद्व बृद्वालाई नगद खाद्यान्न र कपडा सहयाेग गरिएकाे छ ।
सकरात्मक सोच सहित एउटा विश्व एकै परिवार, मानवता सेवा हाम्रो आधार भन्ने मान्यताका साथ यो मिलिजुली परिवारमा जोडिएको करिब २०० भन्दा बढी सदस्य रहेको यो परिवारले रक्तदान जीवनदान कार्यक्रम लगायत काठमाडौं गोगंबु रहेको हिमालय बृर्द्धाश्रममा रहनुभएका जेष्ठ नागरिक लाई खाद्यान्न र आवश्यक सामग्री वितरण र भोजन गराउने कार्यक्रम सम्पन्न गरिसकेको वताउनुहुन्छ यश कार्यक्रमका सयाेजक रारा सैजु । अब निरन्तर रूपमा सहयाेग गर्दै जाने याेजना रहेकाे पनि उहाले जानकारी दिनुभयाे ।

वरिष्ठ समाजसेवी धर्मपाल गणेशमान सैजुको योगदानले २०६० सालमा याे सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम बुटवल, पाखापानीमा स्थापना भएकाे हाे ।

सस्थाले यहाका जेष्ठ नागरिक सम्मान तथा आवश्यक सामग्री , दशैंको नयाँ लुगा वितरणको साथै भोजन समेत गराएकाे छ ।
मिलिजुली परिवारका माधब शर्मा भट्टर्राईले अाफु याे समुहमा लागेकाे छाेटाे समयमै भैरहवामा सहयाेगकाे तयारीमा लागेकाे वताउनु भयाे ।

यस अवसरमा वृद्धाश्रममा संन्चालन हुने नवज्योति आदर्श बालकुन्जलाई रु:१०,०१५/- वृद्धाश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो ।
त्यस्तै गरि भैरहवामा रहेको सिद्धार्थ बाल आश्रमलाई रु:५,००५/- माधव शर्मा भट्टराईलाई प्रदान गरिएको थियो ।
समाजसेवी महेश्वर प्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अर्जुन मान सैजु , नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष अनुप मान सैजु, एभिन्युज टेलिभिजनका ब्युरो प्रमुख दामाेदर खनाल, मुक्ति एफएम कि निरू थापा लगायतले बाेल्दै सामाजिक संजाल टिकटक सहयाेगकाे कार्यक्रम अरूकाे लागि पनि राम्राे प्रेरणादायी माध्यम बन्ने वताउनु भयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार