कोरोना हेर्दै अमेरिका देखी नेपाल सम्म

कुलबहादुर के सी

अमेरिका घुम्ने रहर सायद कसलाई पो नहोला र ? त्यहि रहर गर्ने मध्य म पनी एक हँु । २०१९ डिसेम्बर को ०३ गते बुहान बाट निस्केको कोरोना अर्थात कोभिड १९ सायद नेपाल त के सात समुन्दर पार अमेरिका त पक्कै पनि पुग्दैन होला यदि नेपालमा आईहालेपनि छलिन्छ भन्ने उदेश्यले म पनि मेरी ८२ बर्र्षीय आमालाई फकाई फकाई १९ मार्च २०२० मा साथै लिएर अमेरिका तिर लागे ।

 

हुनत यो अमेरिका भ्रमरण मेरो लागी पहिलो थिएन तर आमालाई पनि धुमाउने ईच्छा र नातिनी को पास्नी (भातखुलाई ) मा समेत सरिक हुने मेसो मिलाई अमेरिका तिर हिडे । तर, ,,,,,, दैलो लिप्ने लच्छिन बिचार गर्ने उखान लाई मान्ने हो भने हाम्री आमको अमेरिका जाने ईच्छा पटक्कै थिएन कारण भने कोरोना थिएन । लामो समय को हवाई उडान १४÷१५ घन्टा लगातार भन्दा मनपराउनु भाको थिएन उहा आन्तरिक र भारत सम्म जहाजमा हिडी रहनु भएको थियो तर त्यति लामो उडान भने गर्नु भएको थिएन । अमेरिका जाने चक्करमा कोरोनाका लक्षण देखिए एयरपोर्ट मा छिर्न दिन्न भन्ने डरले नकास्ने, हाच्छिउ नगर्ने भन्दै हिडियो सहि सलामत अमेरिका को ओहायो पुगियो । जहाँ मेरा छोरी ज्वाई रहन्छन् ।

 

जब पुगेम अमेरिका ः

अमेरिका पुगेको १० ÷ १२ दिन त राम्रै भयो दुई चार ठाँउपनि घुमियो पालो आएको थियो डि०सी ,न्युयोर्क र नाईग्रा फल घुम्नको लागी तैयारि भैसकेको थियो । त्यतिवेला न्युयोर्क मा सङक्रमितको सँख्या २ ÷ ४ हजार मा हुदै उकालो लाग्दै थियो । मर्नेहरु कम थिए ईटाली, स्पेन र बेलायतमा बढ्दै थियो । अमेरिकाले युरोपबाट आउनेलाई रोक लगायो तर डिसम्बर ३ देखी मार्च को पहिलो हप्ता सम्म चाईना बाट अमेरिकामा ४५ हजार यात्रु हरु प्रबेश गरिसकेका रहेछन । उता न्युयोर्कमा मर्नेको संख्या पनि बढ्न थाल्यो दश, सय हुदै एकैदिन मा ३ हजार भन्दाबढी पनी मृत्यु हुन थाले ।

म कहिले धेरै आत्तिए ः

जब अमेरिकाले केलिफोर्निया र न्युयोर्क शहरमा लकडाउको धोषणा गर्र्यो अमेरिकामा टवाईलेट पेपरको सटेज भएको थियो । त्यहि समय एक दिन म पनि सपिङग मल वालमार्ट अमेरिकाको सबभन्दा ठुलमे सपिङ्ग मलमा गए । त्यहा खानेकुराको भण्डार धेरै जसो खालि थिए । त्यो देखेयता दुई दिन अगाडि नेपालले पनि अन्तराष्टिय उडान बन्द गरेको घोषणा गरिसकेको थियो । अमेरिकामा ३ ÷ ४ जना र बेलायतमा १० ÷ १२ जना नेपालीको मृत्युको खबर र बेलायत बाट एक जना नेपालीले चामल र पिठो नहुदा १० ÷ १५ दिन सम्म चक्लेट खाई राखेको सुगरको बिमार हुँदा धेरै अत्तालिएको उता ईटालीबाट मानिसहरुले पैसा नोटहरु घर बाट फाली रहेको समचार सुन्दा मेरो मनमा पनि धेरै कुरा खेल्न थालिरहेको थियो । तर के गर्ने म भन्दा धेरै मेरो आमा र श्रीमती आत्तीरहेको अवस्थामा मैले भने आफुलाई समाल्न त खोजे तर मलाई भित्रबाट मानसिक तनावले गाल्दै जान खोज्यो, मलाई निदलाग्न छाढ्यो । खाना जती खाएपनि कमजोरी महशुस भयो । जसका कारण वजन ५ ÷ ७ किलो नै घट्यो । ,समयपासको एक मात्र साधन मोबाई हेर्नै नहुने, टाउको दुख्ने भयो । आमालाई पनि सुत्न गाह्रो हुन्थ्यो । श्रीमतीलाई त झन समस्या थियो । उनी सुगर र बिपिको बिमारी भएको हुदा १५ ÷ २० दिन पछिको कुरा हो बिश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले अमेरिकाको बारेमा बुलेटिन निकालि जुन मिहिना सम्म ३ लाख र अगष्ट महिना सम्म १० लाख मानिसहरु मर्न सक्ने भनिदियो । नेपालमा जो सँग कुरागरेपनि बाहिर न निस्कनु बाहेक अन्य कुनै सुझाब हुदैन थे । वास्तवमा घरको कम्पाउण्ड बाहेक बाहिर निस्कदै निस्केनम । खाने कुरा अनलाईनबाट मगाउने गरिन्थ्यो । हुनत हामी हरु जुन स्टेटमा रहन्थेम त्यहाँ बिमार सङक्रमण बहुतै कम थियो । र, त्यहाँ कुनै लकडाउन नै थिएन । हामीहरु अत्तालिएको देख्दा छोरी ज्वाइँहरुले के गर्दा ठिक हुन्छ भन्ने तिर चिन्तित हुन्थे । छोरीको ध्यान हामी लाई पौस्टीक खाना खुवाउनमा लगाउदथी । १० ÷ १२ दिन पछि ज्वाइँले हामीलाई बिपासना (शाधना) साझँ, बिहान गराउन थाल्नुभयो । जसबाट हामीहरुलाई २ ÷ ३ घन्टा निद्रा लाग्न थाल्यो । त्यो हाम्रो लागी पहिलो सन्जिवनीबुटी भयो ।

 

हामीहरु जसलाई खान बस्न र बिमार भएमा उपचार गर्न लाई केहि असुबिधा थिएन । आफुखुसि लागेको बेलामा घुम्नलाई घर बाटै सटेको बिशाल र ब्यवस्थित पार्क र घरका सात जना परिवार एकै ठाउमा छोरी ज्वाईको नोकरी घर बाटै चलेको थियो । र त त्यो हल भयो जसको कारण मात्र मानसिक तनाव र नबुझेको कोरोना थियो । तर वास्तबमा जो ब्यक्तीहरु बिेदेशमा छन जस को नोकरी छैन या घर जानै पर्ने थियो उनी हरुलाई यो नबुझेको कोरोना अर्थात नेपाली लकडाउनले मानसिक तनाब धेरै नै दियो । जसले गर्दा लगभग १ हजार जना नेपालीले बिदेशमा ज्यान गुमाई सके । अझै कति जनाले गुमाउने हुन ? यस्तै सोचाई आउथ्यो ।

 

आफुलाई परिवर्तन गर्न केहि आशाका किरण ः

लकडाउनका ४० दिन यस्तै वितेको थियो । त्यसपछि मैले शाहस गरे घरको कम्पाउण्डबाट बाहिर निस्कने । अनि छोरीलाई भने मलाई बाहिर धुमाई दे अनि छोरी र म गाडी लिएर बाहिर घुम्यौ । बाहिरको वातावरण त बिल्कुलै सामान्य थियो । सबै सामान्य देख्दा म केहि ढुक्क भए । हामी बाउ छोरि लगभग १ धन्टा धुमि घर आयौ तर घरमा आमाभने एकदमै आत्तिनु भएको रहेछ । आमा झगडा नै गर्नु भयो । मानौ हामीले कोरोना नै लिई आयौ र परिवार सखाप हुने जस्तो मान्नु भयो । त्यो रात आमा सुत्नुनै भएन, हामीलाई धेरै समस्या भयो । बिहान ६ बजे गर्ने शाधना पनि गर्न सक्नु भएन । नेपालमा जो सँग कुरा गरेपनि रुने कराउने गर्नु हुन्थ्यो । म भने दिनचर्यालाई बदल्न खोझ्दै थिए । श्रीमति पनि सुगर बढ्दै जादा उनले र मैले सल्लाह नै गरि बिहान साँझ १ ÷ १ घन्टा हिड्ने निणर्य नै गरि निस्कन थालेम ।

 

अमेरिकनहरु पार्कमा बिहानै देखि मस्त रहन्थे । हामी भने पिच ईलाकामा मात्र वाकीङ्ग गर्दथेम । मैले आमालाई पनि फकाउने जुक्ति निकाले । आमा लाई झुट बोले र भने आमा अब १० ÷ १५ दिनमा नेपाल जान पाईन्छ । तर एयरपोर्ट मा हुव्ईल चियर र लिफ्ट को प्रयोग गर्न खतरा छ त्यस्को लागी हजुर तैयार रहन पर्छ । किनकि आमा अलि मोटी र धेरै हिड्न सक्नुहुुन्न थियो । अनि आमाले भन्नु भयो ल नेपाल जान पाए म जति पनि हिड्छु । अनि आमा भोलिपल्ट बाटै बिहान, साझ हिड्न बाहिर निस्कनु भयो । शुरु शुरु मा त निकै डराउनु भयो । आस्तै आस्तै सम्भालिनु भयो । यसै बिचमा आमाको मानसिक सोचाईले भने मलाई झनै तनाब दिनथ्यो । आमाले मान्छे वा गाडी देखे १० मिटर बाटै मोडिने त्यस मध्येपनि कालो जात देखेपछि त सातो नै जान्थ्यो । कारण अमेरिकामा यस महाम।रीले कालो जातिको मानिस लाई अलि धेरै सङक्रमण र मृत्यु बनाएको खबर आउथ्यो । कहिले काहि आमाले कार, गाडि देखाउदै कार रिजर्ब गरेर जाम न हामिलाई केहि भयो भने के गर्ने । जहाज खुल्ने त कहिले हो कहिले भनेर आकाश तिर हेरि बर्रर आशु निकाल्दा एकदमै आत्तिन्थे । तर आफु लाई सम्भाल्दै आमा लाई सम्झाउदथे आमा हामी चाडै जान पाउछम भनेर ।

 

स्वदेस फर्कन गरेका केही सकस ः

एकदिन दुईदिन भन्दा भन्दै दुई महिना बिती सक्दा पनी नेपाल सरकारले बिदेशमा फसेका नागरिकहरुलाई स्वदेश बोलाउने शुर न देखेपछी म लगायत केही सामाजिक अभियन्ताहरु पोखराका ब्यवसायी शान्तराज बतासा, काठमाण्डौका शुभप्रभात भण्डारी (अध्यक्ष अभिभावक संघ) डा रिमा जोशी ,डा लोक बहादुर सेढाई लगायतले आपसमा सरसल्लाह, मिटिङग गर्ने आ आफ्ना साथी, नेतागणलाई गुहार्ने, समचार बनाउने तिरपनि लागियो ।

 

यसमा अमेरिका वसेर एभिन्युज खबर, इमेज च्यानल , बुद्ध टिभि, लुम्बिनी टिभि लगायत अमेरिकाका केही मिडियाहरुवाट आफ्नो नेपाल आउन नपाएको समस्याका वारेमा पटक पटक कुराहरु राख्यौ । यस क्रममा अमेरिका स्थित नेपाली राजदुताबासलाई पत्र लेख्ने, फोन गर्ने सबै गरीयो । शुरुमा लकडाउनको बाहनामा मस्त सुतेको दुताबास केही समाचारले यथार्थ चिरफार गर्दै बिरोध गर्न थाले पछी केही ठाउमा आउन थाल्यो । तर पठाउने बिषयमा भने प्रघानमन्त्रीको धारणा र महामहिम अमेरिकी राजदुत डा अर्जुन बहादुर कार्कीको बिचमा केही फरक थिएन । मानिस कतिखेर सोत्तर हुन्छन र आदेश छैन को मात्र जवाफ आईरहन्थो । तर हाम्रो प्रयास भने लगातार रहि रह्यो ।

 

यसै बिच हाम्रा मुख्य अभियन्ता शान्तराज बतासा जि ले रिटर्न टु नेपाल नामको वेभसाईट नै खोली समस्यामा परेका मानिस हरुलाई जोड्ने काम गर्नुभयो । जसमा यस वेभसाईट मार्फत शुरुको १० दिनभित्रमा लगभग ७५० जनाले नेपाल फर्कन चाहेको भनि फारम भर्नु भयो । यो नामवली सहित निबेदन दुताबास र नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यलयमा बुझाएपछि दुताबासले हामीहरु मध्येका केही साथीहरुको फोन उठाउने, ईमेलको जवाफ दिन गर्न थाल्यो । एक दिन महामहिम राजदुतबाट भर्चुयल मिटिङग राखी हामीहरुका कुरा सुन्नु भयो । त्यो दिन मैले एक प्रस्ताब भनौ या सुझाब दिएको थिए । त्यो यस प्रकार थियो हजुर एक बिश्वको शक्तीशाली देशको राजदुत र बिद्वान र सम्माननिय प्रधानमन्त्रीको नजिकको र बिश्वाशिलो पात्र हुनाको नाताले हाम्रा नागरिकहरुलाई वापस पठाउने कारण र त्यसको तरीका सहित जसमा जनताले आफैले टिकट काट्ने टेस्ट गर्ने र क्वारेनटाईन सम्मको खर्च पनि आफै ब्यहोर्ने सहितको सुझाब पठाउनुहोस । अनि हजुर पहिलो असल र जनताको राजदूत मा नाम लेखाउनुुहुनेछ भनेको थिए । तर त्यस दिन जुन सुझावलाई त अलि हल्का रुपमा लिनु भएको थियो । पछि हाम्रा सबै साथीहरुबाट पनी ईमेल मार्फत सुझाब पनि र धम्की पनी दिन थाले पछि सायद बिद्धान हुनाको नाताले होला उहाले राम्रो रेस्पोन्स दिन पनि थाल्नुभयो । जस्तै फोन एटेण्ड गर्ने, पत्रको जवाफ दिने, मिटिङ्ग राख्ने काम गर्नुभयो र वापस जान चाहनेको नामावलि सङकलन पनि शुरु भयो । जतिबेला १४४५ जनाले आबेदन दिएका थिए । जसले गर्दा मानिसहरुमा आशाको किरण जाग्यो । दुताबासले सुझबुझको साथमा अमेरीका भरी रहेकाहरुलाई मध्यनजर गरी ४ स्थान बाट ४ वटा जहाजको चार्टर अनुमति दिलाएको थियो । तर हामी आफैमा धेरै बाठा र सङकालु नेपालीहरु भने आउन न चाहदा मात्र २ वटा जहाजले मात्र यात्रु पाए त्यस मध्य एक टर्किस एयरले मात्र सिधै नेपाल ल्याएको थियो । जसमा हामी अभियन्ताहरु लग भग सबै थियांै । अन्तत हामी असार ११ गते काठमाण्डौ हुदै बुटवल घर आईपुग्यौं । तर बाकी एयरलाईन्सले भने चार्टर भने पनि बिचमा सिफ्ट गराई लिए र हाल पनी त्यहीक्रम चलिरहेको छ ।

 

हाम्रो मनोबिज्ञान र वास्तबिक कोरोना कहर ः

मैले माथी दर्शाउन खोजेका कुराहरु मात्र म सँग सम्बन्धित नभई सबै नेपालीहरु जो जो बिदेशमा छन नेपालको लकडाउन अर्थात नबुझेको कोरोना कहर पछि बिदेशमा रहेका नेपालीहरुलाई साच्चै नै बज्रपात नै भएको छ । सबै देशका नागरीकहरु सबै देशमा छन । कोरोना कहर पनी सबै देशमा छ तर अर्काको देशमा अड्किएर आफ्नो देश फर्कन नपाएर अत्तालिई मरेका भनी सायद कमै होलान । ती पनि आफ्ना खुसीले घुम्न निस्केकाहरु सायद दुई महिना भन्दा बढी कुनै देशका नागरीकलाई अड्कीन पनि परेन हो । तर हाम्रा नेपाली दाजुभाईहरुले त सरकारबाट श्रम स्वीकृत लिई देशलाई केहि भए पनि कर तिरी बिदेशिएका र दुख्ख सुख्ख गरी पैसा कमाई घर परिवार पनि चलाएका र देशलाई पनि आर्थिक हिसाबले केही सहयोग पुर्याएको बर्गले अझै ९÷१० महिना सम्म स्वदेश आउन नपाउदा धेरैले बिेदेशमा ज्यान गुमाएको देख्दा मलाई आजपनी आङग सिरिङ भएर आउछ । र, मैले यस घटनालाई दोस्रो युद्वका युद्वबन्दिहरुको अवस्था भन्दा अझै खराब भएको ठान्दछु । दोस्रो युद्वबन्दिहरुलाई सकुसल स्वदेश ल्याउन तत्कालिन राणा शासन सफल रहेको थियो । धेरै नेपालीहरुको काजकिरिया गरि सकेका थिए र उहाँहरु घर आउदा पुनरजन्मको बिधि अपनाई घर भित्र्याईएको रहेछ । जस मघ्येको एक परीवार हाम्रो पनि हो र हजुर बुवा युद्वबन्दी भएकै कारण हाम्रो परिवारले २०५६ सालमा रु १० हजार युरोपियन डलर सहयोग पाएको थियो ।

 

हाम्रो देशलाई त कोरोना कहर बाट बच्न माँ दुर्गे र भगवान पशुपतिनाथले धेरै मौका दिनुभएको हो । तरपनी हाम्रो सरकारको अपरिपक्कता भनम या निर्णय पिच्छे भागबण्डाको कारणको चलनले गर्दा चुक्यौ र धेरै जनधनको नोक्सानी ब्यहोरी राखेका छौ र अझै धेरै ब्यहोर्ने छौ । सोझा नेपालीहरु जसले जे भने पनि मान्ने र पत्याउने बानी छ । त्यसको असर लकडाउन गर्दा कोरोना नसर्ने नगर्दा सर्ने, आआफ्ना आफ्न्तबाट नसर्ने , बिरोध होस या राम्रो खाले कार्यक्रममा धेरैजना भेला हुदा कोरोना नसर्ने, जस्ता कृयाकलापहरुले नेपाली हरुमा धेरै असर पार्ने छ । र, खास कुरा सरकारका शुरु शरुका कृयाकलाप जस्तै विदेशवाट आउनलाई लगाएको रोक, शव व्यवस्थापनको तौरतरीका र सबै जनाले टेस्ट गर्नु पर्दछ भन्ने मानसिकता नहुनु र सङक्रमित लाई हेर्ने दृटिकोण पनि वास्तविक कोरोना कहर भै हाम्रो लागि दुर्भाग्य हुनेछ ।

 

तर पनि हामी नेपालीरुको मनोबल ,हाम्रो रहन सहन ,खानपान जस्तै हामी हरुले सुध्रदै आएको वायु प्रदुषण, धुवा धुलो फोहर मैला, यि सबै कुरा पनि कोरोना कहरबाट बच्ने उपाए हुनेछन । यि केही कुराहरु मेडिकल संग बिपरीत हुन । तर जहाँ कुनै सुबिधा नै छैनन् सबै कुरामा भगवान भरोसा रहन पर्दोहरेछ त्यस को उपाए आस्था र उच्चमनोबल बाहेक केही रहेनछ ।

 

अन्तमा मैले देखेको अमेरिकी, युरोपेली कोरोना र नेपली कोरोनामा अन्तर भन्नु पर्दा अमेरीकी ,यूरोपेली कोरोना उमालेको पानी र जनता बोईलर कुखुरा जस्तै हुनाले धेरै असर गर्यो र गर्नेछ । हाम्रो कोरोना भने छिप्पिएको लोकल भाले लाई मनतातो पानी जस्तो भै रहेछ । तर पानी मनतातो भएनी धेरै भयो भने मनतातोले पनी असर पार्न या खुईल्याउन सक्छ । तसर्थ साबधानीको अती जरुरी छ । जय कोरोना जय आत्मबल । ं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार