वालिङ पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं –  स्याङ्जाको वालिङ नगरपालिका-१४ तमादीमा पहिरोले घर पुरिँदा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । तमादीमा आज बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको हो भने एक जनाको जीवितै उद्धार गरिएको छ ।

मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ । पहिराेमा परी ज्यान गुमाउने ९ जनामा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली, १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाको बच्चाको पनि ज्यान गएको छ ।

यस्तै बिहान २:५० बजेको समयमा कालिगण्डकी-४ गौतमडाँडा स्थित बाबुराम दमाई र जगत ब. दमाईको घर माथिबाट पहिरो खस्दा दुवै घरमा क्षति पुगेको थियो भने बाबुरामको छोरा विष्णु दमाई मृत फेला परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार