अनलाइन र भर्ना शुल्क महंगाे भयाे : अभिभावक

अनलाईन शिक्षा बैकल्पिक शिक्षा हाे : शिक्षक


बुटवल, ५ असाेज

काेराेना भाईरसकाे सन्त्रासले गर्दा ६ महिना देखि भएकाे लकडाउनले गर्दा स्कुल कलेजमा पठनपाठन ठप्छ छ । जसका कारण शिक्षा क्षेत्रका लगानीकर्ता, शिक्षक, विद्यार्थी , अभिभाव समस्यामा परेका छन् ।
शिक्षा क्षेत्र लामाे समयदेखि बन्द हुदा विद्यार्थीकाे पठन पठन नराम्ररी प्रभावि हुन पुगेपछि सरकारले अनलाइन शिक्षालाई केही प्रतिसत मान्यता दिएपछि केही दिन देखि रूपन्देहीको बुटवल र यश अासपासका स्कुल कलेजले अनलाईनशिक्षा दिने, विद्यार्थी भर्ना लिने कार्य सुरू गरेका छन् । कतिपय विद्यालय पहिलै देखि अनलाइन पढेकावाट शुल्कपनि लिन थालेका छन् । तर शुल्कमा एकरूपता नभएकाे अभिभावककाे गुनासाे छ ।
कतिपय निजि विद्यालयले अनलाइन र भर्ना शुल्क बढि लिन थालेकाे भन्दै अभिभावकहरूले विद्यालयमै पुगेर शुल्क घाटाउन अनुराेध गर्न थालेका पनि छन् ।
यश क्षेत्रका अभिभावकहरू काेराेना भाईरसले गर्दा कतिपय अभिभावककाे समेत जागिर गएकाे , कतिपयले ५ महिनादेखि तलव नपाएकाेले बिद्यार्थी काे फिस तिर्न समेत मुस्किल भएकाे वताएका छन् । उनिहरूले बिद्यालयमा पठन पाठन नभएकाे समयकाे शुल्क लिन नहुने र प्रत्येक बर्ष कक्षा उत्रिर्ण भएपछि साेहि विद्यालयमा अध्ययन गर्ने संग भर्ना शुल्क लिनेे चलन मनासिव नहुने अभिभावक लक्षमण श्रेष्ठले वताउनु हुन्छ ।
केही अभिभावकले भनी स्थानिय सरकारले तय गरेकाे शुल्क तिर्न आफुहरू तयार रहेकाे पनि वताएका छन् । तर कतिपय ठाउमा पालिकाले अहिले सम्म शुल्क तय नगरिदिदा समस्या उत्पन्न भएकाे छ । बुटवलकाे न्यु हाेराईजन स्कुलका अभिभावकले त समिति गठन गरेर विद्यालयलाई शुल्क पुनर विचार गर्न माग समेत गरेका छन ।
अभिभावक गाेपाल घिमिरेले न्यु हाेराईजन उच्च माविले मासिक कक्षा शुल्क कक्षा अनुसार १ हजार ८ सय ५० देखि ३ हजार एक समसम्म र भर्ना शुुुुुल्क कक्षा अनुसार ५ देखि ७ हजार सम्म एकमुष्ठ लिने गरेकाे वताउनु भयाे । हामीले शुल्क तिर्छाै तर मनासिव हुन परर्याे नपढेकाे महिनाकाे शुल्क कसरीतिर्ने ? कति अभिभावककाे पनि काेराेनाकै कारण जागिर गएकाे छ, तलव पाउनु भएकाे छैन उहाले अगाडि भन्नुभयाे ।
पछिल्लाे समय न्यु हाेराईजन उच्च माबिले नगरपालिकाले ताेकेकाे शुल्क लिन तयार रहेकाे वताईएकाे छ ।
बुटवल कालिका मानज्ञान उच्च माविमाले भर्ना र कक्षा शुल्क लिएपनि रसिद नदिएकाे एक अभिभावकले गुनासाे गर्नुभयाे ।
बुटवल स्थित अक्सफोर्ड एकेडेमीका प्रिन्सिपल दिनेश भुषालले अहिलेकाे अवस्थामा शिक्षक अभिभाव विद्यार्थी सवै समस्यामा परेकाेले मिलेर समस्या समाधान गर्न पर्ने वताउनु हुन्छ । उहाले अहिले अनलाइन शिक्षालाई विकल्पकाे रूपमा लैजान पर्ने वताउनु हुन्छ ।
आफ्नाे उच्च मावि मा करिव ८५ प्रतिसत विद्यार्थी अनलाईन कक्षामा उपस्थित भएर परिक्षामा सामेल भएकाे पनि उहाले जानकारी दिनुभयाे ।
उता कतिपय वाेर्डिङ र सरकारि विद्यालयले सरकारि कर्मचारि, शिक्षक, सासद मन्त्रि बैकर्सहरूकाे जागिर यथावत रहेकाेले आफ्ना वालवालिकाकाे पुरै शुल्क तिर्दा पनि फरक नपर्ने र नसक्ने अभिभावकलाई पछि तिर्नुपर्ने नियम वनाउन सकिने तर्क पनि गर्दै आएकाे पाईन्छ ।
दिप वाेर्डिङ स्कुलका प्रिन्सिपल टिकाराम न्याैपानेले परिस्थिति जटिल छ केहि अभिभावक पनि जटिल अवस्थामा हुनुहुन्छ सक्नेले अहिले तिराै नसक्नेले जति सकिन्छ अहिले र पछि तिर्नुपर्छ । तर अनावश्यक रूपमा सवैले जटिलता सृजना गर्न नहुने वताउनु हुन्छ ।
काेराेनाकाे कारण सबै क्षेत्र प्रभावित भएकाेले स्कुल कलेजले अाफ्ना विद्यार्थी अभिभावककाे अवस्थाहेरि शुल्क लिनु पनि वर्तमान परिपेक्षमा मनासिव हुने स्थानिय अभिभावक र सराेकारवालाकाे भनाई पाईन्छ । तर बर्तमानमा शुल्क तिर्न नसकेकै भरमा बिद्यालयले बिद्यार्थी लाई अनेत्र जान पर्ने वाध्यता सृजना गर्न भने हुदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार