रुपन्देहीको सिमा क्षेत्रमा बाेर्डर आउटपाेष्ट स्थापना गरिदै

भैरहवा, ५ असोज

सिमा सुरक्षालाई व्यवस्थित गरि शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीका विभिन्न सिमा नाकामा बोर्डर आउट पोष्ट (बीओपी) को स्थापना गर्न थालेको छ । शसस्त्र प्रहरीले पछिल्लो पटक रुपन्देहीको रोहीणी गाउपालिका–५ इमलहिवा (बुची) मा बोर्डर आउट पोष्ट (बीओपी) को स्थापना गरेको छ । यो पोष्ट, भारतसंंग सिमाना जोडिएको रुपन्देहीको ५९.७ किमी सिमानामा स्थापना गर्न लागिएको २५ वटा बिओपीमध्ये छैठौैं हो । यस भन्दा अघि पजरकट्टी, डन्डा, मझगवा, बोगडी र बयरघाटमा स्थापना भैसकेका छन् । सिसहवा, ठर्की, पन्चवारे र थुमुवामा तिन महिना भित्र बिओपी स्थापना गरिने सशस्त्र प्र्रहरी बल नेपाल २७ नम्बर गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज कुमार पोखरेलले बताए । ति स्थानमा बिओपी स्थापनाकालागि जग्गा प्राप्तीको प्रकृया अघि बढाइएको पोखरेलले जनाए । उनका अनुसार, स्थानीय अमरेस कुमार सिंहको घर भाडामा लिएर सशस्त्रले बुचीमा बीओपी स्थापना गरेको हो । २०७६ मंसिर ३० गते मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत र नेपाल–चीनको सीमा क्षेत्रमा सशस्त्रका १ सय १४ वटा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यही निर्णयको आधारमा जिल्ला सुरक्षा समिति रुपन्देहीको २०७६ पुस १८ को बैठकले पहिलो चरणमा जिल्लाका अत्यावश्यक पाच ठाउमा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो । सरकार र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा बुचीमा स्थापना भएको बिओपी पहिलो हो ।

‘तत्कालकालागि घर भाडामा लिएर स्थापना गरिएको यस बिओपीलाई हिउद लाग्नासाथ नजिकैको ८ कठ्ठा १० धुर जमिनमा स्थायी भवन बनाउने तयारी गरेका छौ’ एसपी पोखरेलले भने, ‘यसकालागि आवश्यक हातहतियार र जनशक्ति थपिदै लगिने छ ।’ कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपाली भूभाग भारतबाट अतिक्रमण भएपछि सरकारले नेपाली भूमि मिचिनबाट रोक्न भन्दै भारत र चीनसंग जोडिएका सिमाक्षेत्रमा सिमा सुुरक्षाका लागि थप बीओपी निर्माण गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण मुलुकमा लकडाउन गरिएपछि मुल नाका बाहेक अन्य चोरी नाकाबाट भारतसंगको आवत जावत रोक्नकालागिपनि सररकारले भारतसंगको खुल्ला सिमानामा शसस्त्र प्रहरीको तैनाथ गरेको छ । एकले अर्कोलाई देख्ने गरि सिमानामा तैनाथ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी हाल घाम पानी सहेर खुुल्ला आकास मुनि ड्युटि गर्दै आएका छन् । सिमापारी भारत सरकारले प्रत्येक ३ किमीको दुरीमा एससएसबीको बिओपी स्थापना गरि संचालनमा ल्याएको छ । बुचीमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका प्रदेश पाचका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) किशोर प्रधान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवले बुधवार संयुक्क्त रुपमा उद्घाटन गरे ।

डीआईजी प्रधानले बीओपी स्थापनापछि यस क्षेत्रको शान्ति सुरक्षा थप मजबुत हुने बताए । सिमा क्षेत्रमा नेपालको तर्फबाट बिओपीको स्थापनापछि सीमा अपराध, चोरीतस्करी, लुटपाट, चेलिबेटी बेचविखन, अपहरण, हत्या हिंसा, लागूऔषध तथा अबैध हातहतियार ओसारपसार नियन्त्रण, भूमि र सीमास्तम्भ रक्षा हुने दावी गरे । ‘स्थानीय नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न यो बीओपीले मद्दत पुग्ने छ’ प्रधानले बताए ।

बुचीमा स्थापना गरिएको बीओपीले पूर्वमा नवलपरासीको सीमाना एवं पश्चिम बगेला नालासम्म करिब ६ किलोमिटर दूरीमा पर्ने मुख्य सीमा स्तम्भ ५१० देखि ५१३ नं. को रेखदेख र सुरक्षा एवं संरक्षण गर्नेछ । रोहिणी गाउपालिकाको वडा नं. ४, ५, ६, ओमसतिया गाउपालिकाको वडा नं. ६ र देवदह नगरपालिकाको वडा नं. १ कार्य क्षेत्र यस बिओपीको पर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार