२०७६ को मदन पुरस्कार ‘महारानी’लाई, शान्ति ठटाललाई जगदम्बाश्री

काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई प्रदान गरिने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

गुठीले पुरस्कारका लागि मनोनित सात पुस्तकको सूची सार्वजनिक गरेको थियो । पुरस्कारको राशी ४ लाख रहेको छ । यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली संगीतमा योगदान पुर्‍याएबापत शान्ति ठटाललाई दिने पनि निर्णय गरेको छ ।

गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्‍नयनमा विशिष्ट योगदान पुर्‍याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यो पुरस्कार पनि ४ लाख राशीकै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार