‘जीवन’ र ‘कोरोनालाई चिठी’ कविता वाचन

विश्व भाषाको उत्पत्ति छन्दबाट भएकोले पनि अन्तराष्ट्रिय दिवस घोषणा गर्न मागसहित संयुक्त राष्ट्र संघमा जाने तयारीमा रहेको उनले बताए ।


बुटवल, ३ असोज

आखा बादलिएर लाग्छ अहिले कानो भयो जिन्दगी
छाती मुन्तिर चस्किदा दिनदिनै गानो भयो जिन्दगी
कहिलै पुर्ण भएन खाली दुईटा चानो भयो जिन्दगी
स्वप्नको घर भत्किएर चुहिने छानो भयो जिन्दगी

कहिले हर्ष हुदा फुरुग भईने फुलै भयो जिन्दगी
यता दुख चसक्क फेरि कहिले सुलै भयो जिन्दगी
आफैलाई नजानिदा नचिनिदा भुलै भयो जिन्दगी
चाहे दुखमा होस की सुखमा त्यसैमा ठुलौ भयो जिन्दगी

एउटा मानिस ७० वर्षको उमेरमा पुगेपछिको अवस्था चित्रण गर्दै छन्दबादी समाज नेपालका संस्थापक अध्यक्ष, जन साहित्य लेखक संघका केन्द्रिय सदस्य तथा प्रगतिशिल लेखक संघका उपाध्यक्ष कविराज पौडेलले शनिबार शार्दुलविक्रीडित छन्दको ‘जिन्दगी’ कविता यसरी सुनाए । उनले योसंगै समसामयिक अवस्था चित्रण गर्ने ‘कोरोनालाई चिठी’ कविता पनि सुनाए ।

हे मत्यु ऐले नआ !
यी सांसारिक रोगका विरसिला सुन्दै कथुङ्ग्री अझै।
आनन्दै छु बसी यहीँ नियतिका चढ्दै म थुक्की अझै।
बाँच्ने लोभ हुँदा छ दुःखपिरको सानोतिनो त्यो कथा।
साह्रै दुःखित छैन मार्छु म भनी हे मृत्यु ऐले नआ।

धेरै गर्न छ काम–धाम घरको जन्मेँ हिजै भर्खर।
सारा शोषित छन् र शोषित छु मै भो भो तँ जा भो पर।
आई थ्याच्च बसेर भो दमनका छड्केर गीतै नगा।
जा जा आज तँ जा म भोलि मरुँला हे मृत्यु ऐले नआ।

आफ्नै काम भयो सकेन अरुको कैल्यै नि राम्रो हुन।
आफ्नै वक्ष थियो सरेन अरुको कैल्यै नि छाती छुन।
बल्लै के म छुँदै थिएँ,तँ यसरी लौ मेट्छु भन्छस् व्यथा।
भो भो शोषकको म अन्त्य नगरी मर्दैन ऐले नआ।

पाएँ जन्म तथापि यो जनमको तात्पर्य नै जानिनँ।
जानेँ बल्ल म आत्तिँदै सुरु गरेँ साँचो यही जीवन।
बाँच्दैथेँ अरुका निमित्त अहिले आइस् मडारी घटा।
हो ,हो ,मर्न त मर्छु किन्तु यसरी हे मृत्यु ऐले नआ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४२ औ नियमित बैठक तथा साहित्यीक अन्तरक्रियामा आफनो कविता बाचन गर्दै मानव जीवन छन्दमय भएको बताए । ‘यो जिवनसंग जोडिएको छ ।’– उनले भने । छन्द जस्तै जीवन पनि गतिमान रहेको उनको दाबी छ । बाङमयको रक्षा गर्दै छन्दको अभियानमा आफुहरु लागेको उनले बताए । मानिसको जीवन जिउने ३ तरिका हुने तर्क दिदै उनले अर्थ, परार्थ र परमार्थ बुझनुपर्ने सुझाव दिए । केवल घरायसी र संसारिक जिवनसंग जोडिएको जीवन अर्थ भन्दा सामाजिक अभियन्ताहरु जो अरुको लागि जिउने गर्छन त्यो परार्थ र परमार्थ ईश्वरका लागि जिउनेहरु महान हुने उनले बताए । कला, संस्कृति र साहित्यबाट सचेतना जगाउन सकिने उनले बताए । विश्व भाषाको उत्पत्ति छन्दबाट भएकोले पनि अन्तराष्ट्रिय दिवस घोषणा गर्न मागसहित संयुक्त राष्ट्र संघमा जाने तयारीमा रहेको उनले बताए ।

यसैगरि तिलोत्तमा साहित्य प्रतिष्ठानका महासचिव लिलाधर पाण्डेले कला, संस्कृतिबाट समाजमा भएका बेथिति, विसंगतिमाथि प्रहार हुने बताए । समाजमा भएका परिवर्तनलाई कला संस्कृतिमा लिपिबद्ध हुने भएकाले पनि यसको महत्व रहेको उनको दाबी छ ।

उनले मुक्तकबाट शुरु गरे

तनावमा दुबाउने चिन्ता र चिता उस्तै हुन
सदमार्गमा हिडाउने गुरु र पिता उस्तै हुन
सबैको धर्मको सार मानव कल्याण हो भने यदी, छैन कुनै भिन्नता कुरान र गिता उस्तै हुन ।
यसैगरि कोरोना कहरसंग सम्बन्धित मुक्तक र गजलहरु सुनाए ।

धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।
कोही कुबेर होला कोही सुदामा होला, सबैमा जिवन बाच्ने रहर देखियो । धेरै पछि कोरोनाको कहर देखियो ।
न कोही शत्ता पक्ष न प्रतिपक्ष नै छ, देशैभरि एकताको लहर देखियो । चारैतिर कोरोनाको कहर देखियो ।
न ज्ञान र विज्ञान संगै नै छ ओखती, सर्वत्र ब्यस्त अनौठौ जहर देखियो चारैतिर कोरोनाको कहर देखियो ।
बाच्नमात्र पर्छ अनेक देख्न पाईन्छ भन्थे, कहाली लाग्दो एउटा ठुलो प्रहर देखियो ।
धेरै पछि सुनसान शहर देखियो, चारैतिर कोरोनाको कहर देखियो ।

करौडौ कमाउनेले नी के पो खान्छ र ? कात्रो बाहेक मर्दा के पो लान्छ र ?
यति विद्म घमण्ड किन हो तिमीमात्रै, हासेर बोल्दैमा तिम्रो के पो जान्छ र ?

यसैगरि

जो कमजोर छ उनैलाई बलवान भनिदिनुपर्ने, जो राक्षस छ उसैलाई भगवान भनिदिनुपर्ने ।
यो मुहान पुस्तिका देखेकी झोक छुट्छ अचेल जो बुढो छ नी उसैलाई जवान भनिदिनुपर्ने ।

सिगो समुदायलाई आफनै घर सम्झनुहुन्छ भने कोरोनाले आक्रान्त शहर सम्झनुहुन्छ भने ।
लक डाउन पालना गर्नुको बिकल्प छैन महोदय, प्राण जोगाउने सुवार्ण अवसर सम्झनुहुन्छ भने

कोरोना सामु सिगो विश्व झुकिरहेको देखियो, सावधानी अप्नाउनुबाट चुकिरहेको देखियो ।
धन र शक्तिको आडमा संसार जित्छु भन्ने मान्छे, चुपचाप आज आफनै घरमा लुकिरहेको देखियो ।

यसैगरि श्रृगारि मुक्तक

मास्क नलगाई सेल्फी खिच्न मिल्दै मिल्दैन, हातबाट पन्जा झिक्न मिल्दै मिल्दैन ।
अबुझ बनि एकोहोरो जिद्धी नगर नी प्यारी, यस्तो बेला बाहिर हिड्न मिल्दै मिल्दैन ।

कार्यक्रममा क्लबका अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ विरुद्ध विभिन्न सचेतनासंगै सुरक्षा निकाय, पत्रकार संघसंस्थाहरुलाई मास्क वितरण, हेन्ड सेनिटाईजर वितरण कार्यक्रम गरिएको बताए । विषम परिस्थिती अनुसार भर्चअल कार्यक्रम समेत गरिएसंगै पछिल्लो समय लकडाउन खुकुलो भएसंगै सुरक्षा र स्वस्थ्य मापदण्ड अप्नाएर कोरोना सचेतनासंगै कला संस्कृति र साहित्यको जर्गेना गर्ने लक्ष्यसहित अन्तरक्रिया गरिएको बताए । कोरोना कहर न्युनिकरण भए आफनो कार्यक्रलमा राष्ट्रब्यापी साहित्यीक कार्यक्रम गर्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम अर्याल, बालकृष्ण अर्याल, सचिव अर्जुन आचार्य, सदस्य भगवती अर्यालले साहित्य समाजको दपर्ण भएको बताउदै यसको संरक्षण गर्ने काम सबैको साझा दायित्व भएको बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार