गोविन्द केसीको माग पुरा गर, जीवन रक्षा गर : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले  अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

डा. केसीले गत भदौ २९ गतेबाट जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रह गरिरहेका छन् । केसीले रोजेको कष्टकर बाटो आम जनताका लागि हो भन्दै सांसद थापाले उनको माग पुरा गरेर जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका हुन्  ।

थापाले भनेका छन् –  ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि डा.गोविन्द केसी १९औँ अनसनमा हुनुहुन्छ । हरेक पटक जनदबाबपछि सरकार सहमति त गर्छ तर कार्यान्वयन गर्दैन । सबैले सरकारलाई सुन्ने गरी भनौँ-‘डा.केसीले रोजेको कष्टकर बाटो आम जनताका लागि हो,उहाँको माग पुरा गर, उहाँको जीवन रक्षा गर !’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार