लुम्बिनी बौद्ध विश्वविद्यालयको डोर टु डोर परिक्षा

आउदो असोज १२ गतेदेखि टुरीजम अध्ययनरत बिद्यार्थीको परीक्षापनि लिने तयारी


देविनगरस्थित नबिन औद्योगिक मावि परिक्षा केन्द्रमा परिक्षा दिदै एक छात्रा ।

बुटवल, ३१ भदौ
लुम्बिनी बौद्ध विश्वविद्यालयले नेपाल सरकारको स्वस्थ्य मापदण्ड अप्नाएर आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । कोरोना भाईरसको संक्रमण र लकडाउनको कारण दुई पटकसम्म स्थलगन भएको परिक्षा विद्यार्थीको पायक पर्ने गरि केन्द्र तोकेर सुरु गरेको हो ।
बीबीटीटीएम, बीएएलएलबी, भोट भाषा र स्नातकोत्तर तहका सबै विषयका परिक्षार्थीहरु सहभागी छन ।
बुटवलको नवीन औद्योगिक माविमा परीक्षामा सहभागी भएकी बीएएलएलबीकी छात्रा अमिसा लम्सालले लकडाउनका कारण पोष्टपोन भएको परिक्षा हुदा धेरै खुशी भएको बताईन । ‘हामीमाथि भएको परिक्षाको प्रेसर कम भएको छ ।’–उनले भनिन । प्राध्यापकबाट अनलाईनमा नै एक महिनादेखि परिक्षाको तयारी भएकाले सजह भएको उनले बताईन ।
अर्का छात्रा आश्मा पाण्डेले सेकेष्ट सेमिष्टारको परिक्षाको समयमा परिक्षाको ढिलाईले धेरै चिन्ता लागिरहेको बेला अहिले खुशी लागेको बताईन । ‘परिक्षा दिन आउदा कति दुरी कायम हुन्छ? र कति सुरक्षित हुन्छौ भन्ने डर लागि रहेको थियो ।’–उनले भनिन । केन्द्रमा
तापक्रम नाप्ने, मास्क वितरण, पानी बोटल सबै उपलब्ध हुदा सुरक्षित महसुश भएको बताईन ।

विश्वविद्यालयका कानुन विभागका प्राध्यापक मेघनाथ खनालले परिक्षाको तयारीको क्रममा लकडाउन हुदा दुई पटकसम्म रोकिएको दुखेसो गरे । ‘भाईबैनीहरु लकडाउन भएसंगै कक्षा सकेर केही अनलाईन अध्ययन अगाडी बढाएका थियौ ।’–उनले भने । पहिलो सेमिष्टार नसकी दोस्रो सेमिष्टारमा पढाउन समस्याका साथै अलमल भएको बेला परिक्षा लिने विभिन्न मोडेलका बिषयमा छलफल गरेको उनले बताए । दुरी कायम गरेर एउटा सेन्टरमा २५ जनाभन्दा कम संख्या राखेर परिक्षा गराउने गरि तयारी अनुसार परिक्षा लिईएको उनले बताए । यो परिक्षा प्रणाली प्रभावकारी भएको उनको दाबी छ । यो प्रणालीबाट रोकिएका अन्य विद्यालयहरुबाट परिक्षा गर्न सकिने उनको सुझाव छ । विभिन्न सामुदायिक र नीजि विभिन्न विद्यालयबाट भौतिक पूर्वाधारको सहयोग मिलेको र स्वस्थ्यको मापदण्ड अप्नाएको उनले बताए । ‘हरेक विद्यार्थीहरुलाई एक एक थान मास्क, पानीको बोटलका साथै दुरी कायम गरे बसाई राखिएको छ ।’– उनले भने । कोठाहरुलाई समेत दैनिक सेनिटराईज गर्ने ब्यवस्था भएको उनले बताए ।


धेरै विद्यार्थी भएका विषयमा केन्द्रमार्फत र कम विद्यार्थी भएकालाई अनलाइनमार्फत परीक्षा लिइएको विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले जानकारी दिए । यसैगरि परीक्षाका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्लामा परीक्षा केन्द्र तोकिएका छन ।
कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले लकडाउन जारी राखेकै बेलो बौद्ध बिश्व बिद्यालयले आफ्नो र्बाषिक क्यालेन्डर अनुसार परीक्षा गरेको लुम्बिनी बिश्व बिद्यालयका रजिस्टार तिलक आचार्यले बताए । बुटबलको कान्ति उच्च माबि परीक्षा केन्द्रका केन्द्राध्यक्ष गोबिन्द ज्ञवालीले अत्यन्तै सुरक्षा मापदण्ड अप्नाएर परिक्षा गरिएको बताए । पाच दिनसम्म चल्ने परिक्षा विहिबार सकिदैछ भने आउदो असोज १२ गतेदेखि टुरीजम अध्ययनरत बिद्यार्थीको परीक्षापनि लिने तयारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार