राष्ट्रिय वाल दिवसमा निवन्ध लेखन प्रतियोगिता

पाल्पाका सविन ज्ञवाली प्रथम


बुटवल, ३० भदौ
राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सामाजिक विकास मन्त्रालयले निवन्ध प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम गरि मनाएको छ । ‘वन्दावन्दीमा सिकाईका सम्भावना र अवसर’ विषयक प्रदेश स्तरीय खुल्ला निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम गरि सोमबार दिवस मनाईएको हो ।
मन्त्रालयमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दे सामाजिकमन्त्री सुदर्शन वरालले वालवालिकाको संरक्षण प्रवद्र्धनको लागि सवैको प्रतिवद्धता जरुरी रहेको बताए । प्रदेश सरकारले वालमैत्री संरचना, नीति कार्यक्रमलाई आत्मसाथ गरेको दाबी गर्दै वालवालिकाको अन्तरनिहित प्रतिभाको उजागर संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताए । आजका वालवालिका भोलीका कर्णधार भएको बताउदै विपदमा वालअधिकारको सुनिश्चितता सबैको साझा प्रतिवद्धता भएकोमा जोड दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थ, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्वासेले बालदिवसको शुभकामना दिए ।
प्रतियोगितामा १२ वटै जिल्लाका १ सय २९ प्रतियोगीहरु सहभागी थिए । प्रतियोगितामा पाल्पाका सेन मा वि कक्षा ९ का सविन ज्ञवाली प्रथम भएका छन । रोल्पा जनसेवा नमुना माविका कर्णबहादुर रानामगर दोश्रो तथा खजुरा बाके ज्ञानोदय नमुना माविका दीपशिखा भण्डारी तृतीय भएका छन । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय र सान्तवनाले क्रमस १५ हजार ,१० हजार ७ हजार र २ हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेको शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख एवं उपसचिव थानेश्वर ज्ञवालीले बताए ।
यसैगरि प्रतियोगितामा सिस्ने–३ रुकुमपूर्व जनता मावि जीवन खत्री, घोराही–१८ दाङ श्री मा वि रझेनाकी प्रमिला कुंवर, सैनामैना रुपन्देही सैनामैना पर्रोहा परमेश्वर मा वि निकिता भण्डारी, सिस्ने ३ रुकुमपूर्व जनता माविका पुष्पराज केसी, पाणिनी–७ अर्घाखाँची विद्याविनोद माविका अंशु पौडेल, सुनवल–४ नवलपरासी रमवापुर माविकी अञ्जली विश्वकर्मा, ऐरावती–२ प्युठान मोति माविकी आश्विना पाण्डे, बारबर्दिया–७ बर्दिया भृकुटी माविकी सम्झना ज्योती, नवलपरासी वागवाणी माविकी लक्ष्मी खवास, नवलपरासी महाकवि देवकोटा माविका अमृत पाण्डेले सान्त्वना स्थान प्राप्त गरेका छन ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतका ६ वटा सामाजिक विकास डिभिजनको आयोजना स्थानीय तहका विद्यालयको सहभागितामा जिल्ला स्तरीय निवन्ध, कविता प्रतियोगिता का साथे विभिन्न कार्यक्रमहरु गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार