काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।आइतबार उपत्यकामा ५ सय ९७ जनामा कोरोना संक्रमण देखिएको थियो । सोमबार मुलुकभर ११ सय ७० जना संक्रमित थपिएका छन् ।

यस्तै ८ सय ७९ संक्रमित निको मन्त्रालयले जनाएको छ । सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।मुलुकभर कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार