कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पुनः सुरु गर्दै अक्सफोर्ड

काठमाडौं । परीक्षणका क्रममा केही समस्या देखिएपछि स्थगन गरिएको अक्सफोर्ड विद्यालयको कोरोना भाइरस विरुद्धका खोप परीक्षण पुनः सुचारु हुने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका पिएलसीद्वारा विकास गरिएको सो खोप बेलायतमा एक स्वयंसेवक बिरामी भएपछि परीक्षण रोकिएको थियो । अक्सफोर्ड विश्वविद्यालयले विज्ञप्ति प्रकाशित गरी खोपको परीक्षण फेरि सुरु हुने बताएको हो ।

कोरोना खोपको ट्रायल बेलायतका सबै परीक्षण केन्द्रमा पुनः सुरू गर्ने अक्सफोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, कहिलेदेखि सुरु हुने भन्ने बारेमा केही उल्लेख गरिएको छैन । विज्ञप्तिका अनुसार यस खोपको अध्ययनमा विश्वव्यापी १८ हजार व्यक्तिले सहभागिता जनाउन सहमति जनाइसकेका छन् ।

परीक्षणका क्रममा सहभागीलाई स्वास्थ्य समस्या आइपर्न सक्छ कि भन्नेमा सचेत र सावधानी अपनाउनु पर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार