महामारीको मारमा उद्यमी महिला

कच्चा सामाग्रीको अभाव, विदेशी कामदार ल्याउन लगायतका धेरै समस्या


कल्पना तिवारी
बुटवल, २५ भदौ
सेमलार बेकरी उद्योग संचालन गर्दै आएकी महिला उद्यमी रमा पौडेल पराजुली लामोसमयसम्मको बन्दाबन्दीले चिन्तित छिन । उद्योगमा उत्पादित परिकार बजारमा जान नपाउदा आर्थिक संकट परेपछि उनि चिन्तित बनेकी हुन । विसं. २०६५ सालदेखि बुटवल उप–महानगरपालिका सेमलारमा उद्योगबाट आफ्नो परिवार र उद्योगमा कार्यरत १२ जनाको परिवार पालिएको थियो । कोरोना महामारी र लकडाउनले उद्योगसंगै यी परिवार आर्थिक संकटमा परेका छन । बेकरी उद्योगमा उत्पादन हुने सामान चिया पसल देखि ठुला होटेलसम्म सामान जाने गथ्र्यो । खाद्यसंग सम्बन्धीत उद्योग भएकाले संचालन गर्न पाउने सरकारी प्रावधान छ । तर लकडाउनले सानाठूला होटेल बन्द हुदा तयारी सामग्रीको व्यापार पहिले जस्तो नभएको उनले बताईन । उद्योग संचालनमा रहेकाले कर्मचारीलाई घर पठाउन सकिएको छैन् उनिहरुको नियमित पारिश्रमिक र बैंकको व्याज तिर्न निकै गारो भएको छ । सामान्य भएको व्यापार पनि कच्चा पदार्थ महङ्गोमा खरिद गर्नु परेकाले घाटा व्यहोर्नु परेको छ । ‘हामी जस्ता भर्खर अगाडी बढेका महिला उद्यमीहरुलाई कोरोना र लकडाउनले फेरी एक सिढी तल झारेको छ ।’–उनि भन्छिन् । विगत ६ वर्ष यता वेकरीजको मुल्य बृद्धि नभएको र कच्चा पदार्थ अभाव रहेको उनले बताईन ।


१२ वर्ष देखि नर्सरी व्यवसाय संचालन गर्दै आएकी सरला न्यौपाने भण्डारीलाई पनि लामो समयको बन्दाबन्दीले आर्थिक समस्या उत्पन्न गराएको छ । आफनै परिश्रममा रमाउने कृषि अप्नाएकी उनी यो पेशाबाट राम्रो आम्दानी गर्दै थिइन । वर्षायाम नर्सरी व्यवसायीको लागि महत्वपूर्ण सिजनल हो । करिव ३ महिनाको कमाईले वर्ष दिन धान्ने मनग्य आम्दानी हुने समयमा विपत र महामारी आईपर्दा ठुलो धक्का लागेको उनले दुखेसो गरिन । महामारी र बन्दाबन्दीले भारतबाट आयात गरिने साना विरुवा, कच्चा सामाग्री, विउविजन, किटनाशक औषधी ल्याउन नसकिएको बताईन । नर्सरीमा भएका केहि संचित विरुवा विक्रि भैरहेको भन्दै नया ल्याउन नसक्दा ब्यापार रोकिएको उनले बताईन । कृषि पेशा भएकाले साना र कलिला बिरुवाहरुलाई दैनिक धेरै स्याहार गर्नुपर्ने भएपनि कोरोना संक्रमणको डरले गोडमेल र मलजल गर्न नपाउदा विरुवा नष्ट भएको उनले दुखेसो गरिन । घर, कार्यालय सजावटका साथै ठूला होटेल, विद्यालय, कलेजहरुले धेरै विरुवा खरिद हुने भएपनि लकडाउनका कारण ठप्प भएको उनले बताइन ।


अन्य पेशाजस्तै बुटीक व्यवसायी पनि लकडाउनको मारमा परेको छ । बुटवलमा साज बुटिक संचालन गर्दै आएकी व्यवसायि अनुपमा श्रेष्ठ लकडाउनले ठुलो क्षति भएको बताईन । विवाहको लगन र चाडपर्वमा राम्रो ब्यापार हुने भएपनि अहिले त्यस्तो माहोल बन्न नसकेको उनले दुखेसो गरिन । करीब १० वर्षदेखि बुटिक संचालन गर्दै आएकी उनि दक्ष फेशन डिजाइनरका रुपमा परिचत छिन । ‘पुरानै उचाईमा लैजान निकै कठीन देखेको छु ।’– उनले भनिन । व्यवसाय ठप्प हुदा घरभाडा, कामदारको खर्च दिनसमेत समस्या पर्ने देखिएको उनले बताईन । नेपाली चाड तीज, दशै र तिहारमा पहिरनका लागि विदेशबाट यसअघि सामान अर्डर आउने गरेको उनलाई सम्झना छ ।
महिला उद्यमी जमुना सुवेदी पोख्रेल कोरोना भाईरसको कहर आफनो उद्योगमा परेको बताईन । ३ वर्षदेखि बेलबासमा सौर्य गार्मेन्ट उद्योग संचालन गर्दै आएकी उनि उद्योग ब्यवसाय थलापरेको बेला सरकारबाट आवश्यक सहयोग नभएको दुखेसो गरिन । उद्योग व्यवसाय दर्तामा महिलालाई छुट र सहुलियत दिएसंगै महिला उद्योगीहरुको संख्या बढ्दो क्रममा रहेको छ । बैंक वित्तिय संस्थाहरुले महिलाको नाममा दर्ता भएका उद्योगको धितो राख्ने जमिन नहुदा ऋण उपलब्ध नगराउने उनले दुखेसो गरिन । कच्चा सामाग्रीको अभाव, विदेशी कामदार ल्याउन समस्याले उद्योगमा उत्पादन कम भएको उनले बताईन । बन्दाबन्दीमा थौरै उत्पादनलाइ बजार व्यवस्थापन गर्न कठिन भएको उनले दुखेसो गरिन । कारोबार नहुदा कर्माचारीको मासिक तलव, घरभाडा र नियमित अन्य खर्च र बैकको ब्याज तिर्न समस्या भएको उनले बताईन । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, स्विकृत गरेसंगै लक्षित वर्गले सहुलियत दरमा बैंकबाट व्यवसाय कर्जा पाउने नसकेको उनको दुखेसो छ । विश्वभर प्रकोप जमाएको कोरोना महामारीले सबै क्षेत्रलाई असर पारेको सर्वविधितै छ । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गते देखि गरेको बन्दाबन्दी विचमा केहि खुकुलो भएपनि मुलुकभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि नेपाल सरकारले पुन लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय गरेको थियो । महामारीको मारले आर्थिक संकट निम्त्याएको भन्दै महिला उद्यमीहरु चिन्तित भएका छन् ।
नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनलाई प्राथमिकतामा राख्दा आर्थिक क्षेत्र निकै पछाडि धकेलिएको छ । जोखिम क्षेत्रको पहिचान गरि नियन्त्रणका उपायहरु अपनाई कडाइका साथ लागू गर्ने र अन्य क्षेत्रमा पूर्व सर्तकता सहित उद्योग, व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउनु पर्ने सरकारको दायित्व भएको व्यवसायि श्रेष्ठ बताउछिन् । यसो गर्दा भौतिक तथा मानविय क्षति कम हुने र आर्थिक क्षेत्र पनि केहि हदसम्म माथि उठ्न सक्ने भएकाले तिनै तहका सरकारको समन्वयमा बैकल्पिक उपायहरु अप्नाउनुपर्ने सहयोग महिला उद्यमीहरुको सुझाव छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार